site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसदहरूलाई प्रधानसेनापतिको जवाफ– फास्ट ट्रयाक बनाउनुपर्थ्यो भने नियम किन नदिएको ?

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले सेनाले गलत काम नगर्ने बताएका छन् । बुधबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सेना नबिग्रियोस् भन्ने भावना पाउँदा खुसी लागेको बताए । 

“सबैले सेना नबिग्रियोस् र काम गर्न सकोस् भन्ने सबै पार्टीको भावना पाउँदा खुसी लाग्यो । हामी गलत गर्दैनौं । ठेक्कापट्टाका विषयमा विवादित कुरा आयो, पैसा भगवानको पालादेखि उठ्ने कुरा हो, आधुनिक संसारमा उठ्नु स्वाभाविक हो,” उनले भने, “तर नेपाली नेपाली सेनाले गलत काम गर्दैन । नियम कानुनभित्र रहेर काम गर्ने जमर्को गरेको छ ।” 

उनले गल्ती भएमा सच्याउनुपर्ने भन्दै आर्थिक अनिमियता भने गर्न नहुने बताए ।
 
शर्माले प्रगति कम भयो भन्ने सांसदको प्रश्नमा सेनाले फास्ट ट्रयाक कहिल्यै नमागेको बताए । “सेनाले फास्ट ट्रयाक कहिले पनि मागेको हैन । सरकार आफैँले दिएको हो । त्यसलाई सहर्ष स्वीकार गरेर काम गरिरहेका छौं । कोसिस गरिरहेका छौं,” उनले भने ।
 
फास्ट ट्रयाक बनाउन नियम किन नदिएको भन्दै उनले प्रश्न गरे । 

“फास्ट ट्रयाक बनाउनुपर्थ्याे भने योजना, नियम किन समयमै नदिएको ? चारवटा रूख काट्न नौ महिना लगाएको छ । यो कसको गल्ती हो ?,” उनले भने, “काम फास्ट ट्रयाकमा गर्नुपर्ने नियम कानुन पुरानै ०१७ सालको छ ।”

विकास निर्माणका लागि नियम कानुनको अभावमा ढिलाइ भएको उनको भनाइ छ । कानुन नसच्याएसम्म काम ०८३ मा पनि नसकिने उनले स्पष्ट पारे । 
 
आफूहरुलाई ठेक्का लगाउने कुनै रहर नभएको र सरकारको नियम कानुनले गर्दा लगाउनु परेको उनको भनाइ छ । उनले ०८३ मा गाडी निजगढमा निकाल्न सक्ने गरी काम भइरहेको उनले स्पष्ट पारे ।  

“आत्तिनु पर्दैन सिगार्न नसके पनि काठमाडौंबाट निजगढमा गाडी निकाल्न हामी सकिन्छ भनेर कोसिस गरिरहेका छौँ । त्यो गर्न सके ठूलो कुरा हो,” उनले बैठकमा भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro