site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
घले समूहले गरेको थियो एक क्विन्टल बढी सुन तस्करी

काठमाडौं । त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित पक्राउ परेका गोरखाका चन्द्रकुमार घले र मीनबहादुर घलेको समूहले एक क्वीन्टलभन्दा बढी सुन तस्करी गरेको खुलेको छ ।  उनले गत मंसिर २१ गते राति फ्लाई दुवईबाट आएका चन्द्र घलेले ज्याकेटभित्र लुकाएर १४ किलो सुन ल्याएका थिए । उनी विमानबाट ओर्लिनासाथ पक्राउ परेका थिए ।

त्यही दिन चन्द्रकुमारले सुन मीनबहादुर घलेको भएको र आफू भरिया मात्रै रहेको बयान प्रहरी र भन्सार कार्यालयका कर्मचारीलाई दिए । त्यही बयानका आधारमा मीनबहादुर समेत पक्राउ परेका थिए ।

उक्त तस्करी प्रकरणबारे अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयले भन्सार प्रमुख उपसचिव मणिराम पौडेलको संयोजकत्वमा विमानस्थलका डीएसपी सूर्य सुवेदीसहितको ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

Dabur Nepal
NIC Asia

समितिको अनुन्धानका क्रममा चन्द्र घले समूहले एक क्वीन्टल भन्दा बढी सुन तस्करी गरेको खुलाएको हो । सुन तस्करीमा विमानस्थल सरसफाई कर्मचारीदेखि उड्डयन प्राधिकरण (क्यान) का कर्मचारीको समेत मिलोमतो रहेको छानबिनका क्रममा खुलेको छ ।

त्यसमध्ये ८ जना सरसफाइ कर्मचारी पक्राउ परेका छन् । 

त्यस्तै दुवईबाट सुन तस्करी गर्ने अर्का आरोपी स्याङ्जाका कृष्णकुमार श्रेष्ठलाई समेत पक्राउ गरिएको छ । दुबईबाट श्रेष्ठ र चन्द्र घलेले सुन विमानस्थलसम्म ल्याउने गरेको खुलेको छानबिन समितिका संयोजक उपसचिव मणिराम पौडेलले जानकारी दिए ।

उनका अनुसार, दुबईबाट तस्करीको सुन बोकेर त्रिभुवन विमानस्थलसम्म ल्याउने प्रमुख पात्र कृष्ण श्रेष्ठ र चन्द्र घले हुन् । त्यहाँबाट विमानस्थलकै सरसफाई कर्मचारीकै सहयोगमा सुन बाहिर ल्याउने गरेको देखिएको छ ।

चन्द्र घले र कृष्ण श्रेष्ठले पटक–पटक गरी क्वीन्टल भन्दा बढी सुन तस्करी गरेको समितिको दाबी छ । समितिको अनुसन्धानका क्रममा श्रेष्ठ र घलेले प्रत्येक पटक दुबईबाट १४ किलो नै ल्याउने गरेको आशंका गरेको छ । समितिको अनुसन्धानका क्रममा चन्द्र भन्दा कृष्ण श्रेष्ठले बढी सुन तस्करी गरेको देखिएको छ ।

उनी २०१९ देखि नै पटक–पटक दुबई काठमाडौं ओहोर–दोहोर गरेको खुलेको छ । श्रेष्ठले आफैंले पनि ७ पटक १४ किलोको दरले सुन दुवईबाट विमानस्थलसम्म ल्याएको स्वीकार नै गरेका छन् । हालसम्म सो प्रकरणमा ११ जना पक्राउ परेका छन् ।

जसमध्ये तस्करी गर्ने माथिल्लो तहका मिनबहादुर घले, कृष्णकुमार श्रेष्ठ र चन्द्र घले भएको खुलेको छ । त्यस्तै, पक्राउ परेका शेरबहादुर बस्नेत उड्डयन प्राधिकरणका सरसफाइ कर्मचारी र लेकबहादुर तामाङ कार्यालय सहयोगी हुन् ।

उनीहरूबाहेक समितिले विमानस्थलका सरसफाइ सुपरभाइजर सुशीला पाण्डे, सरसफाइ कर्मचारी मोहन चेपाङ र कपिल ओझालाई समेत नियन्त्रणमा लिइसकेको छ । अझै अनुसन्धान जारी छ । सुनका मालिक भारतीय रहेको र आफू सेटिङ मिलाउने भूमिकामा मात्रै सीमित रहेको दाबी मीनबहादुरको छ । 

अध्यागमन विभागको रेकर्ड अनुसार, चन्द्र घले २४ पटक काठमाडौं–दुबई ओहोर–दोहोर गरेको देखिन्छ भने कृष्णले श्रेष्ठ २६ पटक ओहोर–दोहोर गरेको पाइयो ।

उनीहरुले दुवईबाट सुन विमानस्थलको शौचालयमा राख्ने र त्यहाँबाट सरसफाई कर्मचारीले बाहिर पास गर्ने गरेको भेटिएको छ । त्यो काम एक पटक गरेबापत् उनीहरुले एक लाख रुपैयाँसम्म पाउने र संलग्न कर्मचारीले बाँडफाँड गरेर लिने गरेको समितिको दाबी छ ।

त्यस्तै दुवईबाट सुन तस्करी गर्ने श्रेष्ठ र घले ६० हजार तथा मिन घलेले एकलाख पाउने गरेको बयान समितिलाई दिएका छन् ।  पौडेलका अनुसार, चन्द्र घले र कृष्ण श्रेष्ठले दुवैले गरेर एक सय २४ किलो सुन तस्करी गरेको स्वीकार गरेको छन् । 

“हाम्रो छानबिनका क्रममा चन्द्र र कृष्णले कुल एक सय २४ किलो सुन तस्करी गरेको स्वीकार गरेका छन् । जसमा कृष्णले ९८ किलो र चन्द्रले २६ किलो गरेको बयान दिएका छन् । तर, यो भन्दा बढी गरेको देखिन्छ,” पौडेलले भने ।

छानबिन करिब अन्तिम चरणमा पुगेको र शुक्रबारसम्म प्रतिवेदन तयार गरिने उनको भनाइ छ । तस्करीको सुन भारत नै जाने गरेको समेत पौडलेको दाबी छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro