site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नयाँ हलमा मन्त्रिपरिषद्को बैठक : सरकारको एक वर्षे समीक्षा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मन्त्रिपरिषद्को बुधबारको बैठकमा सरकारको एक वर्षे अवधिको समीक्षा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएको पुस १० गते एक वर्ष पुग्दैछ । 

सिंहदरबारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुनर्निर्माण गरिएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सरेको छ । र सोही भवनमा मन्त्रिपरिषद्को बैठक बसेको हो । अबदेखि नयाँ हलमा नै बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आजको बैठकमा सरकारको सामान्य समीक्षा भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकमा मुख्यसचिव बैकुण्ठ अर्यालले सरकारलाई गति दिन सुधार गर्नुपर्ने कामका विषयमा प्रस्तुति दिएका थिए । 

“प्रधानमन्त्रीले पदभारग्रहण गर्नुभएको एक वर्ष पुग्दैछ । त्यसमा केही सामान्य समीक्षा भएको छ । मुख्य सचिवले समग्र कामलाई ‘पिकअप’ लिन, कतिपय प्रक्रियामा भएका समीक्षाहरू, हाम्रा इच्छा शक्तिमा भएका समस्याहरूदेखि लिएर हामीले निर्णय प्रक्रियामा सुधार गर्नुपर्ने कतिपय कुराहरू छन् । हाम्रा ऐन कानुन कार्यविधि, नियमावलीमा सुधार गर्नुपर्ने कुरामा पनि विस्तृत प्रस्तुति दिनुभएको थियो,” सरकारी प्रवक्ता समेत रहेकी मन्त्री शर्माले बताइन् । 

Global Ime bank

आजको बैठकमा मुलतः सरकारको कामको प्रगति र कामलाई गति दिने विषयमा छलफल भएको उनले बताइन । बैठकले उखु किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने निर्णय गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement