site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्यमा अतिरिक्त सचिवको हालीमुहाली : ८ महिनामा एकै व्यक्ति ५ पटक विदेश भ्रमणमा
SkywellSkywell

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत वैदेशिक भ्रमणमा जानेमा उच्च अधिकारी बढी देखिएका छन् । पछिल्लो आठ महिनामा एउटै व्यक्तिले पाँच पटकसम्म विदेश भ्रमण गरेको मन्त्रालयको विवरण छ ।

गएको वैशाखयता मंसिर १५ गतेसम्म १९ पटक स्वास्थ्यका विभिन्न अधिकारीहरूले विदेश भ्रमण गरेको मन्त्रालयको सार्वजनिक विवरणमा उल्लेख छ । तर, मन्त्रालयका एक उच्च अधिकारी पछिल्लो आठ महिनामा मन्त्रालयबाट ४३ पटक भ्रमण स्वीकृत भइसकेको बताउँछन् ।

यसबीचमा विश्व स्वास्थ्य संगठनका कार्यक्रममा मात्रै ११ पटक स्वास्थ्यका अधिकारीहरू विदेश भ्रमण गरेका छन् । ती अधिकारीका अनुसार विश्व स्वास्थ्य संगठनसहित यूएसएड, युनिसेफ र यूएनएफपीए, वर्ल्ड बैंकलगायतका दातृ निकायले आयोजना गरेका कार्यक्रममा तीनसय बढी कर्मचारीले विदेश भ्रमण गरेका छन् । 

Dabur Nepal
NIC Asia

मन्त्रालयका अनुसार पछिल्लो आठ महिनामा सबैभन्दा धेरैपटक विदेश भ्रमण गर्नेमा अतिरिक्त सचिव तथा ११औँ तहका अधिकारी छन् । अतिरिक्त सचिवसमेत रहेकी स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता कौशल मिश्रा मन्त्रालयबाट पाँचपटक विदेश भ्रमणमा गएकी छन् । 

डा. मिश्रा ३–५ अप्रिल र २२–२४ मार्चमा थाइल्यान्ड, २४–२६ अप्रिलमा बेलायत, ८–१२ मेमा भियतनाम र १०–११ जुलाईमा स्विजरल्यान्ड गएको मन्त्रालयको विवरण छ ।

त्यस्तै, अर्का अतिरिक्त सचिव डा. टंक बाराकोटी पनि आठ महिनामा तीनपटक विदेश भ्रमणमा गएका छन् । स्वास्थ्यसचिव डा. रोशन पोख्रेल पछिल्लोपटक १४–१५ डिसेम्बरमा थाइल्यान्डमा भएको मानसिक स्वास्थ्यसम्बन्धी वर्कसपमा सहभागी भएको मन्त्रालयको विवरण छ । यसअघि उनी १८ जुलाईमा रुवान्डा, १२ मेमा साउथ अफ्रिका भ्रमणमा गएका थिए ।

त्यस्तै, चारपटक विदेश भ्रमण जानेमा अर्का अतिरिक्त सचिव डा. दिपेन्द्ररमण सिंह छन् ।

अतिरिक्त सचिवहरू डा. टंक बाराकोटी र विकास देवकोटाले आठ महिनामा तीन–तीनपटक विदेश भ्रमण गरेका छन् । 

आठ महिनाको अवधिमा चारपटक विदेश भ्रमण गर्नेमा नीति, योजना महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल, स्वास्थ्य बिमा बोर्डका निर्देशक तथा गुणस्तर मापन महाशाखा प्रमुख डा. मदन उपाध्याय, समन्वय महाशाखा प्रमुख डा. चुमनलाल दास, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाका मानसिक स्वास्थ्य शाखा प्रमुख डा. फडिन्द्र बराल र परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतम छन् । 

मन्त्रालयका उपसचिव मोहन निरौला पनि आठ महिनामा तीनपटक विदेश भ्रमणमा गएको मन्त्रालयको विवरण छ । यसबीचमा मन्त्रालयकै प्रशासनतर्फकी सचिव देवकुमारी गुरागाईं भने अमेरिका र इन्डोनेसिया गरी दुईपटक मात्रै विदेश भ्रमणमा गएको मन्त्रालयको तथ्यांक छ ।

हेर्नुहोस् विवरण

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  ०६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu