site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनबाट ३८० किलो अवैध गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१, आँपटारीबाट करिब ३८० किलो अवैध लागुऔषध गाँजा बरामद गरिएको छ । गाँजासँगै प्रहरीले दुईजनालाई मंगलबार बिहान पक्राउ गरेको जनाइएको छ । 

पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाल रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले जेएच–०२ डब्लू ९६३१ नम्बरको भारतीय ट्रकलाई चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको थियो ।

ट्रकको अगाडि क्याबिनमा फल्स बटम बनाएर २८ वटा पोकामा राखेको उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गिरी चालक र राजपाल सहचालक हुन् ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro