site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
व्यवस्थाविरुद्ध असन्तुष्टि पैदा भएको छ : महासचिव पोखरेल
SkywellSkywell

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकार सबै क्षेत्रमा असफल भइसकेका कारण अहिले व्यवस्थाविरुद्ध असन्तुष्टि पैदा भएको बताएका छन् । 

एमालेले आयोजना गरेको १८ दिने पुष्पलाल लोकमार्ग केन्द्रित संकल्प यात्राका बारेमा जानकारी दिन मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सरकारप्रतिको अविश्वास र वितृष्णालाई व्यवस्थाको विरोधमा प्रयोग गर्न नहुने समेत बताए । 

Dabur Nepal
NIC Asia

उनले अहिले कै संविधानअनुसार कुनै एक दलको बहुमत आउन सक्ने सम्भावना रहेको बताउँदै जनताले नीतिगत र दुरदर्शी नेतृत्व भएको बलियो राष्ट्रिय शक्तिलाई निर्वाचित गराउन विवेक प्रयोग गर्नुपर्ने बताए ।

महासचिव पोखरेलले कोसी प्रदेशको नामाकरण संवैधानिक र कानुनी प्रक्रिया पुर्‍याएर भएकाले यसबाट एमाले पछि नहट्ने स्पष्ट पारे । 

एमाले मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले हिमाल, पहाड र तराई मधेस जोड्ने गरी आगामी दिनमा पनि संकल्प यात्राहरू आयोजना गरिने जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu