site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विवादका कारण अनिश्चितकालका लागि रोकियो पोखराको प्याराग्लाइडिङ
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

पोखरा । पोखराको प्याराग्लाइडिङलाई नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अनिश्चितकालका लागि रोक लगाएको छ ।

नेपाल हवाई खेलकुद संस्था (ना)ले यसअगाडि पोखराको प्याराग्लाइडिङ उडानको शुल्क तोक्नेदेखि कम्पनीहरूको आलोपालो प्रणालीको व्यवस्थापन गर्ने गरेको थियो । तर, पछिल्लो समय केही कम्पनीहरूले नाको निर्णयलाई अवज्ञा गर्ने घोषणा गरे । यसको अर्थ, उनीहरूले शुल्क आफैँ तोक्नेदेखि उडानको आलोपालो प्रणाली पनि उल्लंघन गर्ने र आफूखुसी उडान भर्ने निर्णय गरे ।

यसले यात्रु र पाइलटमाथि सुरक्षाको जोखिम बढ्ने देखिएपछि क्यानले अनिश्चितकालका लागि उडानमा रोक लगाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

लामो समयदेखि प्याराग्लाइडिङ उडान गरिरहेका एक पाइलट भन्छन्, “एउटा मात्र टेक अफ छ । पहिलेकै स्लट अनुसार उडान भरेको भए हुन्थ्यो । अहिले पनि दुई घण्टा पनि कुर्नुपर्ने हुन्छ । अब पाइलटहरूले शुल्क घटाएर खुला गर्नबित्तिकै एकदमै रस हुन्छ, यसले दुर्घटनाको जोखिम हुन्छ । यथास्थितिमा नै चलाए राम्रो हुन्छ भन्ने हाम्रो कुरा हो ।”

तर, एकद्वार प्रणालीमा जाँदा केही कम्पनीहरू असन्तुष्ट छन् । यही हप्ता नाले बोलाएको छलफलमा बहुमतबाट पुरानै प्रणालीलाई निरन्तरता दिने निर्णय गरे पनि त्यसको दुई दिनपछि २१ कम्पनीहरूले आफूखुसी उडान भर्ने र दर तोक्ने भन्दै फरक मत राखे । यसले जोखिम निम्त्याउने ती पाइलटको भनाइ छ ।

Global Ime bank

उनी भन्छन्, “नाले कम्पनीवाइज पाइलटलाई बोलाएर अनुमति दिन्छ, आफूखुसी जाँदा ग्लाइडरमाथि नै ठोकिने जोखिम हुन्छ ।”

यहाँ केही कम्पनीले आ–आफ्नो तरिकाले उडान भर्न खोजिरहेका छन् । अहिले पोखरामा ६२ वटा प्याराग्लाइडिङ कम्पनी  छन् । ग्लाइडर उडाउने पाइलट २६० जना छन् । तर, टेकअफ गर्ने ठाउँ तोरीपानी मात्रै हो ।

“आफूखुसी उडान भर्दा सुरक्षा नै हुँदैन । पहिला पाँचवटा टेकअफ हुँदा त गाह्रो हुन्थ्यो, अहिले त तोरीपानीबाट मात्रै टेकअफ गर्न मिल्छ । कम्पनीलाई खुला गर्दा बित्तिकै मूल्य घटाएर यात्रुलाई आफूतर्फ आकर्षित गर्ने योजना पनि हुन सक्छ । हामीले यतिमा ल्याएका हौँ भनेर भन्न सक्छन्, केही पाइलटहरू चाहिँ जति पाए पनि उडान भर्ने खालका छन् । तर, यसले सुरक्षा मापदण्डलाई भने बेवास्ता गर्छ,” उनले भने ।

एकद्वार प्रणालीलाई नै निरन्तरता दिनुपर्छ भने प्याराग्लाइडिङ उडान भर्ने पाइलटहरूको संस्था पाइलट क्लबले केही दिनका लागि उडान रोक्ने निर्णय गरेको थियो । यसबारे उनीहरूले सहमतिमा नै उडान रोकेका हौँ भनेर सम्बद्ध संस्था नालाई पनि जानकारी दिएका थिए । तर, यही बीचमा नागरिक उड्डयन प्राधिकरणले अनिश्चितकालका लागि उडान बन्द गरेको हो ।

“हाम्रो चाहिँ आपसी घरको विवाद हो । यो गरौँ, नगरौँ भन्ने भएको हो । आउट आफ ट्रयाक उडान उडाएको छैन । क्यानले चाहिँ पत्र पठाएर बन्द भनेको छ । क्यानले के आधारमा बन्द गर्नुपर्छ भनेर पत्र पठाएको हो ? क्यानले चाहिँ त्यत्तिकै बन्द गरेको हो । उसले तीनदिने स्पष्टीकरण सोधेको छ, तर यो उसको विषयको कुरा होइन,” ती पाइलटले भने ।

यता क्यानका प्रवक्ता जगन्नाथ निरौला सुरक्षा जोखिमका कारण उडान रोकिएको बताउँछन् ।

“त्यहाँ प्याराग्लाइडिङ उडाउने त पाइलट ले नै भए । त्यसको व्यवस्थापनको जिम्मा नालाई दिइएको छ । तर, पाइलट पाइलट बीच विवाद भएको छ । विवाद भएपछि जे पनि हुन सक्ने भयो । यसले असुरक्षा निम्त्याउँछ । त्यसकारण केही समयको लागि रोकेको हो,” निरौलाले भने ।

उडान कहिले खुल्छ भन्ने बारेमा उनले भने ,“यो कहिले खुल्छ भन्ने उहाँहरूमा नै भर पर्छ । उहाँहरूले नै हामी मिल्यौँ, हामीमा विवाद छैन भनेर आएपछि खुल्छ ।” 

नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष सुनिलबहादुर भट्टराईले छिट्टै विवादको अन्त्य हुने बताए ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेपछि प्याराग्लाइडिङ रहन्छ कि रहँदैन भन्ने अनिश्चित थियो । पछि सबै व्यवसायी, पाइलट, संस्था मिलेर स्लट र सेड्युल, एउटै दररेट कायम गरेर बुकिङ सिस्टम एउटै गरेपछि १६ महिनादेखि एकद्वार प्रणालीबाट प्यारग्लाइडिङले निरन्तरता पाएको थियो । क्यानले पनि चार किलोमिटर पर सारेर उडान भर्ने अनुमति दिएको थियो ।

“हामीले यो प्रणालीलाई प्रत्येक ६/६ महिनामा निरन्तरता दिने नदिने विषयमा छलफल गर्दै आएका थियौँ । गत हप्ता पनि यही विषयमा छलफल भयो । बहुमतको आधारमा यही प्रणालीलाई निरन्तरता दिने निर्णय भयो । तर, त्यसको दुई दिनपछि २१ कम्पनीले एकद्वार प्रणालीको सट्टा आ–आफ्नो तरिकाले अगाडि जाऔँ भन्ने कुरा आयो,” भट्टराईले भने, “त्यसपछि हामीले पनि दररेट र बुकिङ आफ्नै हिसाबले गरौँ भन्ने निर्णय ग‍र्‍यौँ । तर, पाइलटहरूले चाहिँ दररेट आफैँ कायम गर्दा अस्वस्थ प्रतिष्पर्धा हुने, जोखिम बढ्ने, पारिश्रमिक पनि कम आउने हुँदा पुरानै प्रणालीमा जाऔँ भन्ने कुरा गर्नुभयो । त्यसपछि उहाँहरूले नै एकदुई दिन उडान रोक्नुभएको हो ।”

त्यसपछि नै क्यानले यो समस्या समाधान नहुँदासम्म उडान रोक्न पत्र पठाएको हो । उनले आफूहरू निरन्तर रूपमा पाइलट र व्यवसायीसँग कसरी मिलेर जाने भन्ने विषयमा छलफल गरिरहेको बताए ।

“व्यवसायीहरूले ग्लाइडर महँगो छ भन्नुभएको छ, पाइलटहरूले चाहिँ दररेट एउटै हुनुपर्छ भन्नुभएको छ । एकदुई दिनभित्रै एउटा निचोडमा पुग्छौँ र क्यानलाई पत्र पठाउँछौँ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २, २०८०  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !