site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आईपीएल अक्सन : खर्च गर्न कुन टिमसँग कति छ रकम ?

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को मिनी अक्सन मंगलबार हुँदैछ । आईपीएलको इतिहासमै पहिलो पटक विदेशमा हुन लागेको यो अक्सन युनाइटेड अरब इमिरेट्स (यूएई) मा हुँदैछ ।

अक्सनका लागि आईपीएलको नियामक निकायले ३३३ खेलाडीको नाम सर्टलिस्ट गरेका छन् । जसमा २१४ भारतीय र ११९ विदेशी खेलाडी छन् ।

आईपीएलको आगामी संस्करणका लागि गरिएको सर्टलिस्टमा नेपालका कुनै पनि खेलाडी अटाएका भने छैनन् । तर, विश्व क्रिकेटकै सबैभन्दा ठूलो फ्रेन्चाइज लिग भएकाले आईपीएलमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको पनि गहिरो चासो हुने गर्दछ । यूएईमा भोलि हुने अक्सन नेपाली समयअनुसार दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ ।

आईपीएलमा ३३३ जना खेलाडी सर्टलिष्ट भए पनि १० टिमले ७७ खेलाडीमा बोली लगाउनेछन् । यस अक्सनका लागि १० टिममध्ये सबैभन्दा धेरै खर्च गर्न सक्ने टिमको शीर्ष स्थानमा गुजरात टाइटन्स छ । 

गुजरातले अक्सनमा ३८.१५ करोड भारतीय रुपैयाँ खर्च गर्न सक्छ । यो सूचीको दोस्रो स्थानमा सनराइजर्स हैदराबाद छ । हैदराबादले ३४ करोड रुपैयाँ खर्च गर्न सक्छ । 

यस्तै, तेस्रो स्थानको कोलकाता नाइट राइडर्ससँग ३२.७ करोड, चौथो स्थानको चेन्नाई सुपर किंग्ससँग ३१.४ करोड, पाँचौँ स्थानको पञ्जाव किंग्ससँग २९.९५ करोड, छैटौँ स्थानको रोयल च्यालेन्जर्स बेंगलोरसँग २३.२५ करोड भारु खर्च गर्न सक्ने अधिकार छ ।

सातौँ स्थानको मुम्बई इन्डियन्ससँग १७.७५ करोड, आठौँ स्थानको लखनउ जायन्ट्ससँग १३.५ करोड, नवौँ स्थानको राजस्थान रोयल्ससँग १४.५ करोड र १०औँ स्थानको लखनउ सुपर जायन्ट्ससँग १३.१५ करोड भारु खर्च गर्न सक्ने अधिकार छ ।

आईपीएसलको १६औँ संस्करण आगामी वर्षको मार्चदेखि मे महिनासम्म हुने अनुमान छ । तर, हालसम्म भारतीय क्रिकेट बोर्डले यसको आधिकारिक मिति भने सार्वजनिक गरिसकेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro