site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घनश्याम लामिछानेलाई प्रश्न– ‘चित्रा’ बाबुछोरीको कस्तो सम्बन्धको कथा हो ? 

नेपाली कथानक चलचित्र ‘चित्रा’ यही पुस २७ गतेदेखि रिलिज हुँदै छ । बाबुछोरीको सम्बन्धको कथा भनेर प्रचार गरिएको सिनेमालाई घनश्याम लामिछानेले निर्देशन गरेका छन् । चलचित्रमा सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, शुभेच्छा खड्का, अन्जना बराइलीलगायत कलाकारको अभिनय छ । निर्देशक लामिछानेसँग गरिएको छोटो कुराकानी : 

‘चित्रा’ बाबु र छोरीको सम्बन्धको कथा भन्नुभएको छ, कस्तो सम्बन्ध हो ? 
एकल बुवाले छोरी कसरी हुर्काउँछ भन्ने कथा नै यो सिनेमाको मुख्य कथानक हो । छोरी जन्मिएदेखि ठूलो हुँदासम्म कसरी एउटा बुवाले छोरीलाई हुर्काउँछ त्यही नै यो चलचित्रको कथा हो । सामान्यतया बुवा र आमा भएर छोराछोरी हुर्काउने समाज हो हाम्रो । तर, बुवा एक्लैले कसरी हुर्काउँछ हामीले ‘चित्रा’मार्फत देखाउने प्रयास गरेका छौँ । बन्दै र उठाउँदै आएका विषयभन्दा फरक कथा यो सिनेमाले भन्नेछ ।

अक्सर तपाईं विषयप्रधान बनाउने मेकर, कन्टेनप्रधान सिनेमा बनाउनभन्दा चलाउन कठिन छ भनिन्छ नि ?
विषयप्रधान सिनेमा चल्दैनन् भन्दा पनि म्यासेज मात्रै छ भने त के हेर्नु भन्ने छ हाम्रो समाज । त्यसैले योपटक मैले विषयलाई जोड्दै कमर्सियल सिनेमा बनाएको छु । विषयलाई बजारसँग जोडेर बनाएको चलचित्र हो, ‘चित्रा’ । 

कमर्सियल बनाउने नाममा अनुहार बेच्न कलाकारको भीड जम्मा गर्नुभएको हो ?
त्यस्तो होइन । जिम्मेवार बुवाको कथा भन्ने सिनेमा हो । बुवाको कथा भन्ने भएपछि त्यसको समानान्तर कथा भन्न पनि त्यस्तै पात्र चाहिन्छ । त्यसैले कथा भन्न कलाकार चाहिएकाले धेरै भएजस्तो लागेको हो । कथाले मागेकाले कलाकार अनुबन्ध भएका हुन् । यो तथ्य सिनेमा हेरेपछि देखिने कुरा पनि हो ।

निर्मातालाई पैसाको लोभमा हिरो बनाउनुभयो भन्ने आरोप छ नि ?
यो आरोप मात्रै हो । उहाँ (सन्तोष अधिकारी) पहिलादेखि नै यो फिल्डमा हुनुहुन्छ । उहाँ निर्माता नै हो । थुप्रै म्युजिक भिडियोमा अभिनय पनि गरिसकेको कलाकार हो । म्युजिक भिडियोमा अभिनय गरेर अब सिनेमाका लागि तयार भएँ भनेर मात्रै आउनुभएको हो । त्यसैले पैसा लगाएरै हिरो बन्नुभयो भन्ने होइन । उहाँ चकलेटी हिरोका रोलमा आएको भए पनि यो आरोप लगाउन मिल्थ्यो होला, बुवाको भूमिकामा हुनुहुन्छ । त्यसैले पनि यो टिप्पणी मात्रै हो । 

लगानी नगरेको भए तपाईंले उहाँलाई ‘चित्रा’मा लिनुहुन्थ्यो ? 
उहाँको विकल्प नै थिएन भन्ने होइन । तर, उहाँको सम्भावना पनि उत्तिकै रहन्थ्यो । तपाईंले भनेजस्तो पैसा लगानी गरेकै बलमा पहिलोपटक डेब्यु गरेको भए उहाँको सम्भावना पक्कै हुँदैन थियो । तर, उहाँ अभिनय गरिसकेको कलाकार भएकाले सम्भावना रहन्थ्यो ।

जाडो मौसममा चलचित्र चल्दैन भन्ने हल्ला सिनेवृत्तभित्रै छ, यही समय किन रोज्नुभयो ?
राम्रो भयो भने जाडोले हलसम्म जान रोक्छ भन्ने लाग्दैन । अहिले मल्टिप्लेक्समा एसीको तातोमा बसेर आरामले चलचित्र हेर्न सकिन्छ । सिंगल थिएटर हुँदा जाडोले केही असर गर्थ्यो होला, तर अहिले छैन ।

अर्को कुरा, माघे संक्रान्ति सिनेमा रिलिजका हिसाबले राम्रो डेट हो । बिदा भएकाले दर्शक सिनेमा हेर्न जानुहुन्छ भन्ने छ । त्यसैले हामीले राम्रो डेट पाएका छौँ भन्ने हाम्रो विश्वास छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro