site stats
बाह्रखरी :: Baahrakhari
देश
उपत्यकाको विकास एकै पटक हुनुपर्छ : बालेन शाह
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह (बालेन)ले उपत्यकाको विकास एकै पटक हुनुपर्ने बताएका छन् ।

सोमबार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, "उपत्यकाको सुन्दरतालाई बढाउन सबै महानगरपालिकाको विकास एकैपटक हुनुपर्छ ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले उपत्यकाको विकास एकैपटक गर्नका लागि संघीय र स्थानीय कानुन बाँझिएका कारण असहज भएको बताए । संघीय सरकारका कारण फोहोर व्यवस्थापनमा समस्या भइरहेकाले फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधानका लागि कानुनको बाधा अड्चन फुकाइदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष आग्रह गरे । उनले काठमाडौंको खोला अतिक्रमणमा सरकारले आवश्यक पहल गर्न आग्रह गरे ।

प्रमुख शाहले काठमाडौं महानगरलाई उज्यालो बनाउन खोज्दा प्रदेश सरकारले मुद्दा हालेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले तीन तहकै सरकारले आवश्यक छलफल र समन्वय गरी अघि बढ्ने हो भने उपत्यकाको विकास चाँडो हुने बताए ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्