site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एकैदिन १६ अर्बभन्दा बढी राजस्व संकलन
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । एकैदिन १६ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको छ । शनिबार (हिजो) १६ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ राजस्व संकलन गरिएको हो ।

भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, शिक्षा सेवा शुल्क, आयकर र गैरकरबापत उक्त रकम संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

शनिबार आयकरबापत सबैभन्दा बढी रकम जम्मा भएको छ । आयकरबापत १३ अर्ब ९९ करोड १४ लाख रुपैयाँ संकलन भएको हो । मूल्य अभिवृद्धि करबापत ९८ करोड १८ लाख रुपैयाँ जम्मा भएको छ ।

यस्तै, भन्सार महसुलबापत ७४ करोड १६ लाख, अन्तःशुल्क ३८ करोड ८० लाख रुपैयाँ संकलन भएको छ । अन्य प्राप्ति शीर्षकमा एक करोड पाँच लाख रुपैयाँ जम्मा भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro