site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
सीजी टेलिकमको लाइसेन्स खारेज

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको दूरसञ्चार कम्पनी सीजी टेलिकमको लाइसेन्स खारेज भएको छ ।

वि.स.२०६० सालमा सीजी टेलिकमले ग्रामीण दूरसञ्चार सेवा सञ्चालनका लागि नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र (लाइसेन्स) पाएको थियो ।

सोही लाइसेन्स नवीकरणका लागि समयमै आवेदन नदिँदा कम्पनीको लाइसेन्स स्वतः खारेज भएको हो । दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा ५ अनुसार सीजी टेलिकमको अनुमतिपत्र स्वतः खारेज भएको हो ।

Dabur Nepal
NIC Asia

प्राधिकरणका एक अधिकारीले नवीकरणका लागि मसिंर १६ गतेसम्मको अन्तिम अवधि सकिएसँगै सीजी टेलिकमको लाइसेन्स खारेज भएको बताएका छन् ।

ग्राहक र सेवालगायत कुनै कार्य सञ्चालनमा नरहेका कारण यसअघि नै पनि सीजी टेलिकमको लाइसेन्स नवीकरण गर्ने/नगर्ने विषयलाई नियामक निकाय अन्यौलमा थियो ।

प्राधिकरणका ती अधिकारीले त्यतिबेला केही ग्राहक देखाएर लाइसेन्स नवीकरण गरेको र अहिले भने सीजी टेलिकमले चाहे भए पनि लाइसेन्स नवीकरण हुने आधार न्यून रहेको बताएका छन् । अहिले सीजीले आधारभूत टेलिफोन सेवाको लाइसेन्स लिन चाहेको छ ।

बढीमा २५ वर्षको अवधि हुने लाइसेन्स एक पटक १० वर्षको अवधिका लागि मात्रै दिइने व्यवस्था दूरसञ्चार ऐन, २०५३ मा छ । उक्त लाइसेन्स बढीमा पाँच वर्षका लागि मात्रै नवीकरण मिल्ने व्यवस्था समेत ऐनमा छ ।

सीजी टेलिकमको लाइसेन्स करिब तीन महिनाअघि नै सकिएको थियो । अहिले जरिवानासहित नवीकरण गर्न मिल्ने थप अवधि पनि सकिएको हो । अब, भने सीजीले चाहेर पनि लाइसेन्स पुर्नस्थापित हुने सम्भावना नरहेको प्राधिकरणका ती अधिकारीको दाबी छ ।

प्राधिकरणको यो निर्णयमाथि चित्त नबुझे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा लाइसेन्स नवीकरणका लागि पुनरावेदनमा जान मिल्ने व्यवस्था छ । तर, यो व्यवस्था लाइसेन्स वहालबालाको हकमा मात्रै भएका कारण सीजीको हकमा यो सम्भव नहुने प्राधिकरणका ती अधिकारीको भनाइ छ ।

सीजी टेलिकमले मसिंर १६ गते भन्दा अघिल्लो मितिमा नवीकरण शुल्क करिब ९० हजार रुपैयाँ बुझाएको भौचर र नवीकरणका लागि आवेदन दिइसक्नु पर्ने थियो । तर, त्यसो नगरेसँगै उसको लाइसेन्स स्वतः खारेज भएको हो ।

law-nta-1702645742.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro