राजनीति
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको निर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले दल दर्ता गर्ने जिम्मेवारी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिएको छ ।
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले आजसम्मको समय तोकेको छ । प्रवक्ता प्रकाशशरण महतले राष्ट्रियसभाको निर्वाचनका लागि गठबन्धन दलसँग छलफल हुन बाँकी रहेको बताए ।
राष्ट्रियसभाको निर्वाचनबारे काम गर्ने अधिकार सभापति शेरबहादुर देउवालाई दिएको उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८० १४:४४
प्रतिक्रिया दिनुहोस्