राजनीति
काठमाडौं । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । बिहान ११ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बैठक बस्नेछ ।
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको बैठकमा सुनुवाइ हुने कार्यसूची रहेको संसद् सचिवालयका सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनीहरूको नियुक्ति हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८० ०९:२५
प्रतिक्रिया दिनुहोस्