
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताका समस्या पहिचान गर्न ‘समृद्धिका लागि संकल्प यात्रा’ सञ्चालन गरेको बताएका छन् । झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा आज पौवादुङमा गाउँपालिका ओलीले मध्यपहाडी क्षेत्रका जनताबाट आएका माग तथा सुझावलाई सङ्कलन गरिएको बताए ।
अध्यक्ष ओलीले नागरिकका आवश्यकताका आधारमा भावी योजना तयार गरिने बताए । मध्यपहाडी क्षेत्रमा धेरै उत्पादनशील तथा सम्भावना बोकेका क्षेत्र रहेकाले आएका मागका आधारमा जनताको जनजीवनसँग जोडिएका विषयमा एमालेले ध्यान दिने उनको भनाइ छ ।
“जनताका समस्या पहिचानका लागि एमालेले यो यात्रा तय गरेको हो,” अध्यक्ष ओलीले भने, “हामीले जनताका तर्फबाट आएका धेरै मागपत्र लिएका छौँ । जनतालाई केन्द्रमा राखेर उनीहरूको समृद्धिका निम्ति भावी योजना तयार गछौँ ।”