site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड २५ लाख नाघ्यो

 

काठमाडौं । नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड २५ लाख नाघेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार कार्तिकमा मोबाइल बैंकिङ चलाउनेको संख्या दुई करोड २५ लाख पाँचहजार ८३ पुगेको हो ।

यस्तै, इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १७ लाख ५९ हजार १८३ रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार हाल देशभर पाँचहजार ५९ एटीएम बुथ रहेका छन् । एक करोड २६ लाख ७३ हजार ५६० डेबिट कार्ड जारी भएका छन् भने क्रेडिट कार्डको संख्या तीन लाख एक हजार २३६ रहेको छ ।

मोबाइल बैंकिङमार्फत कार्तिक महिनामा दुई खर्ब १८ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

यस्तै, इन्टरनेट बैंकिङबाट १० अर्ब ९० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro