site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पोल्यान्डको नयाँ प्रधानमन्त्रीमा डोनाल्ड टस्क
तस्बिर : ईपीए ।

काठमाडौं । डोनाल्ड टस्कले पोल्यान्डको नयाँ प्रधानमन्त्रीका रूपमा शपथग्रहण गरेका छन् । टस्कले बुधबार वार्सास्थित राष्ट्रपति भवनमा पोल्यान्डको प्रधानमन्त्रीका रूपमा शपथग्रहण गरेका हुन् ।

टस्कलाई सोमबार तथाकथित दोस्रो संवैधानिक चरणमा पोल्यान्डको संसद्को तल्लो सदन सेज्मले प्रधानमन्त्रीका रूपमा निर्वाचित गरेको थियो । राष्ट्रपति डुडाले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए ।

Dabur Nepal
NIC Asia

मंगलबार सेज्मले टस्कको मन्त्रिपरिषद्लाई विश्वासको मत दिएको थियो । उपप्रधान एवं रक्षामन्त्री व्लाडिस्लाव कोसिनियाक–कामिस्ज र उपप्रधान एवं डिजिटाइजेसनमन्त्री क्रिजिस्टोफ गावकोस्कीले पनि शपथ लिएका छन् ।

कुनै समय रक्षा र परराष्ट्रमन्त्री भइसकेका राडोस्लाव सिकोर्सकीले फेरि परराष्ट्र मन्त्रालयको नेतृत्व गर्नेछन् । पूर्वलोकपाल एडम बोडनारले न्याय मन्त्रालय र अभियोजकको कार्यालयको नेतृत्व गर्नेछन् ।

मंगलबार संसद्मा प्रमुख नीतिगत भाषणका क्रममा टस्कले सार्वजनिक क्षेत्रको तलब बढाउने र वार्सा र ब्रसेल्सबीचको कानुनी शासन विवादका कारण रोकिएको युरोपेली संघबाट ५९.८ बिलियन युरो (६४.५ बिलियन अमेरिकी डलर) अनुदान र ऋणमा रोक लगाउने प्रतिबद्धता व्यक्त गरे ।

६६ वर्षीय टस्क सन् २००७ देखि २०१४ सम्म पोल्यान्डको प्रधानमन्त्री र २०१४ देखि २०१९ सम्म युरोपियन काउन्सिलको अध्यक्ष भइसकेका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  ११:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro