site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा संसद् चलिरहँदा दुई व्यक्ति प्रवेश गरेपछि...
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतमा संसद् चलिरहेका बेला दुई व्यक्ति प्रवेश गरेर ग्यास प्रहार गरेका छन् । सुरक्षा व्यवस्था पार गर्दै प्रवेश गरेका थिए । 

भारतीय सञ्चारमाध्यमले राखेको उक्त घटनाको भिडियोमा एक व्यक्ति सांसदको बेन्चमाथिबाट उफ्रिँदै सभामुखको कुर्सीतर्फ जान खोजेको देखिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

ती व्यक्तिले तानाशाही स्वीकार छैन भन्ने नारा लगाउँदै पहेँलो रङको ग्यास प्रहार गरेको बताइएको छ ।

संसद् भवनको यो सुरक्षा कमजोरीबारे लोकसभाका सभामुख ओम बिरलाले गहन अनुसन्धान भइरहेको बताएका छन् ।

Global Ime bank

यस विषयमा दिल्ली प्रहरीलाई समेत आवश्यक निर्देशन दिइएको उनले बताए ।

संसद् भवनमा प्रवेश गर्ने दुईजनामध्येका एक सागर शर्मा नाम गरेका व्यक्ति भएको र अर्काको परिचय खुल्न बाँकी रहेको बताइएको छ ।

घटनामा संलग्न महाराष्ट्रको लातुरका अमोल नामका एक व्यक्ति र हरियाणाको हिसारकी नीलम नामकी महिलालाई पनि पक्राउ गरिएको बताइएको छ ।

भारतको संसद्‌मा सन् २००१ को डिसेम्बर १३ मा भएको घातक आतंकवादी हमलाको २२औँ वर्ष पुगेका दिन यो घटना भएको हो । सन् २००१ को उक्त आक्रमणमा पाँच आतंककारी सहित १४ जना मारिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय