site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शेखरले भने– हामीबीच मतान्तर छैन, बाहिर जथाभावी नबोल्नू

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १४औँ महाधिवेशनको टिममा कुनै मतान्तर नरहेको बताएका छन् ।

आफू पक्षीय भेला राखेका डा. कोइरालाले महामन्त्री गगन थापा र आफूबीच मतभेद रहेको भन्ने हल्लाको पछि नलाग्न कार्यकर्तालाई सुझाव दिएको भेलामा सहभागी एक नेताले जानकारी दिए । 

ती नेताका अनुसार बैठकको सुरुवातमै बोलेका डा. कोइरालाले गगन र आफूबीच मतभेद देखाउने प्रयासका पछि नलाग्न आग्रह समेत गरेका छन् । 

“शेखर दाइले हामीबीच कुनै मतान्तर छैन भन्नुभयो,” ती नेताले बाह्रखरीसँग भने, “हामीबीचको कुरालाई लिएर बाहिर जथाभावी नबोल्न पनि भन्नुभएको छ ।” 

कोसी प्रदेशमा शेखर निकट केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेपछि कांग्रेसमा सिंगो पार्टी एकातिर शेखर कोइराला अर्कोतिरको अवस्था बनेको थियो । नेपाली कांग्रेसका आठ सांसदको समूहलाई एमालेले समर्थन दिएपछि कार्कीको नेतृत्वमा सरकार बनेको हो । त्यसलाई लिएर महामन्त्रीद्वयले शेखरलाई कारबाही गर्नुपर्नेसम्मको विषय उठाएको भन्दै चर्चा भएको थियो । 

सार्वजनिक रूपमा पनि महामन्त्रीद्वयले अनुशासनको प्रश्न उठाएका थिए । त्यसयता शेखर र गगनबीच भेटवार्ता र छलफल समेत भएको थिएन । सुरुमा शेखर कोइरालाले मंगलबारका लागि बैठक डाक्दा गगनलाई खबर नै नगरिएको गगन निकटहरूले बताएका थिए । तर, शेखरले गगनको समय लिएर नै एक दिनपछि बैठक डाकेका हुन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro