site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेयर बजार र घरजग्गाको कारोबार बढ्यो : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजार र घरजग्गाको कारोबार बढेको र अब अर्थतन्त्र सकारात्मक दिशामा जाने बताएका छन् ।

बुधबार अर्थमन्त्रालयमामा आयोजित पत्रकार सम्मेलनमा अर्थतन्त्रको वर्तमान अवस्था र आगामी कार्यदिशाबारे बोल्दै अर्थमन्त्री महतले सेयर बजार र घरजग्गाको कारोबार बढेको बताएका हुन् । 

उनले मौद्रिक नीतिमा हालै गरिएको परिवर्तनले बैंक तथा वित्तीय क्षेत्रमा परेको सकारात्मक प्रभाव क्रमशः  आर्थिक क्रियाकलापमा देखिन थालेको बताए । 

अर्थमन्त्री महतले भने, “घरजग्गा र सेयर कारोबार बढ्न सुरु भएको छ । हालै सेयर बजारमा आएको उत्साहले सकारात्मक संकेत गरेको छ ।”

समस्यामा परेका ऋणीहरुलाई कर्जाको पुनर्संरचना गर्ने अवधि २०८० को चैतसम्म दिइएको र यसले व्यवसायीलाई राहत दिने उनको भनाइ छ । सम्झौता बमोजिम काम सम्पन्न भई अर्थ मन्त्रालयमा प्राप्त निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रकमको अधिकांश दायित्व व्यवस्थापन गरिसकिएको अर्थमन्त्री महतले बताएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro