site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अस्थायी आवास बनाउन प्राधिकरणले पठायो एक अर्ब ४१ करोड

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्पपीडितलाई अस्थायी आवास निर्माण सुरु गर्न अनुदान स्वरुप एक अर्ब ४१ करोड रुपैयाँ पठाएको छ । 

उक्त रकम मंसिर २५ गतेसम्म पठाइएको प्राधिकरणले जनाएको छ । भूकम्पबाट प्रभावित घरपरिवारका लागि अस्थायी आवास निर्माण कार्य सुरु गर्न पहिलो किस्ताका लागि उक्त रकम अनुदान स्वरुप पठाइएको हो ।

प्राधिकरणले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको रकम जिल्लामा पठाएको हो ।

प्राधिकरणका अनुसार जाजरकोट र रुकुम पश्चिममा ५०/५० करोड रुपैयाँ, सल्यानमा दुई करोड रुपैयाँ, बाजुरामा १४ करोड रुपैयाँ र बझाङमा २५ करोड रुपैयाँ पठाइएको छ । 

प्राधिकरणले पठाएको रकममध्ये जिल्लाले हालसम्म स्थानीय तहलाई एक अर्ब तीन करोड ५१ लाख ५० हजार रुपैयाँ निकासा गरेको छ । 

जाजरकोटले ४६ करोड ४३ लाख रुपैयाँ, रुकुम पश्चिमले ४३ करोड ५८ लाख ५० हजार रुपैयाँ, सल्यानले एक करोड ८० लाख रुपैयाँ, बाजुराले तीन करोड २० लाख ५० हजार रुपैयाँ र बझाङले आठ करोड ४९ लाख ५० हजार रुपैयाँ स्थानीय तहको नाममा निकासा गरेको छ । 

जिल्लाले निकासा गरेको रकममध्ये स्थानीय तहबाट हालसम्म भूकम्पपीडितलाई १५ करोड ५१ लाख ५० हजार रुपैयाँ निकासा भएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार जाजरकोटका भूकम्पपीडितले एक करोड तीन लाख रुपैयाँ, रुकुम पश्चिमले १३ करोड आठ लाख ७५ हजार रुपैयाँ र सल्यानले एक करोड ३९ लाख ७५ हजार रुपैयाँ अस्थायी आवास बनाउन अनुदान स्वरुप पाइसकेका छन् । 

स्थानीय तहबाट हालसम्म ५१ हजार ८६३ लाभग्राही कायम भएको प्राधिकरणले जानकारी दिएको छ । कायम भएका लाभग्राहीमध्ये ६ हजार ५१२ सँग अस्थायी अनुदान वितरणसम्बन्धी सम्झौता भएको छ । 

भूकम्पपीडितको संख्या (लाभग्राही) ठूलो भएका कारण प्राधिकरणले पठाएको रकमले नपुग्ने जनाउँदै सम्बन्धित जिल्लाले अस्थायी आवास निर्माणको लागि थप रकम मागेका छन् । 

अस्थायी आवास निर्माणको लागि चार जिल्लाले दुई अर्ब ६० करोड ५० लाख रुपैयाँ थप रकम मागेको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार जाजरकोटले एक अर्ब ५० करोड, रुकुम पश्चिमले एक अर्ब दुई करोड रुपैयाँ, सल्यानले आठ करोड रुपैयाँ र बाजुराले ५० लाख रुपैयाँ थप रकम मागेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro