site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भावनामा बग्न हुँदैन : ओली
SkywellSkywell

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारले साम्प्रदायिक पक्षलाई भित्रभित्रै बढवा दिएको आरोप लगाएका छन् ।

पार्टीको संकल्पयात्राअन्तर्गत मंगलबार ओखलढुुंगाको हर्कपुरमा आयोजित सभामा उनले एमालेले मात्र सामाजिक न्याय र समानता कायम गर्ने जिकिर गरे ।

“अहिलेको गठबन्धन सरकार साम्प्रदायिकताको जगमा उठेको । त्यसकारण अहिले पनि साम्प्रदायिकताको पक्षलाई भित्रभित्र बढवा दिएर चलिरहेको अवस्था छ,” उनले भने, “एमालेले मात्रै सामाजिक न्याय र समानता कायम गर्ने र त्यस आधारमा सामाजिक सद्भाव र सामाजिक सद्भावका आधारमा राष्ट्रिय एकता कायम गर्ने ।”

KFC Island Ad
NIC Asia

ओलीले पहिचानवादी पक्षधरको आन्दोलनप्रति लक्षित गर्दै भावनामा बगेर देश नबन्ने बताए । जनताका बीचमा फाटो ल्याउन नहुने उनको भनाइ छ ।

“भावनामा बग्न हुँदैन । हाम्रा दाजुभाइ, दिदीबहिनीहरू अनावश्यक भावनामा बगेका छन् भने त्यस्ता भावनाले देश बन्दैन । देश बनाउनका लागि बलियो राष्ट्रिय एकता, समझदारी चाहिन्छ,” उनले भने, “जनताका बीचमा फाटो ल्याउने होइन । जनताका बीचमा राष्ट्रिय एकता बनाउने हो ।”

Royal Enfield Island Ad

राजनीतिक रूपमा मतभेद भए कानुनी प्रक्रियाबाट समाधान गर्नुपर्नेमा उनले जोड दिए । शान्तिपूर्ण बाटोबाट समस्या समाधान गर्न उनको आग्रह छ ।

“राजनीतिक मतभेद हुनसक्छ । ती मतभेदको समाधन गर्ने वैधानिक प्रक्रिया छन् । कानुनी प्रक्रियाबाट, शान्तिपूर्ण बाटोबाट, आवेश–उत्तेजनामा होइन,” कार्यक्रममा ओलीले भने, “सँगै बसेर छलफलबाट ती कुराहरूको औचित्य पुष्टि गर्नुपर्दछ । त्यस औचित्यको आधारमा समस्या समाधान गर्नुपर्दछ ।”

एकताबद्ध भएर राष्ट्र निर्माणको काम गर्न उनले अपिल गरे । “हामी एकताबद्ध भएर राष्ट्र निर्माणको काममा अघि बढौँ,” उनले भने ।

एमालेले एकल बहुमत नल्याए विकास र समृद्धि हुन नसक्ने भएकाले ‘मिसन ०८४’ को कुरा गरिएको उनको भनाइ छ । “मिसन ०८४ एमालेको लागि भनेको होइन । एकल बहुमत । एमालेको एकल बहुमतबिना न विकास ल्याउन सकिन्छ न देश समृद्ध बनाउन सकिन्छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro