site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भारतविरुद्ध ३५ रन नजोड्दै नेपालले गुमायो सात विकेट 
फाइल तस्बिर ।

काठमाडौं । एसीसी यू–१९ एसिया कपमा भारतविरुद्ध नेपाली टिमले निकै कमजोर ब्याटिङ प्रदर्शन गरेको छ ।

युनाइटेड अरब इमिरेट्स (यूएई)स्थित आईसीसी एकेडेमी ओभल–२ मा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको टिमले ३५ रन जोड्नुअघि नै सात विकेट गुमाएको छ ।

Dabur Nepal
NIC Asia

नेपालले १२.५ ओभरमा दीपक बोहरालाई सातौँ विकेटको रूपमा गुमाएको हो । त्यति बेला नेपालको ३२ रन जोडेको थियो ।

जारी खेलमा नेपालका कुनै पनि ब्याटरले हालसम्म दोहोरो अंकमा रन जोड्न सकेका छैनन् । ओपनरद्वय दीपक बोहराले एक, अर्जुन साउदले सात, कप्तान देव खनालले दुई, गुल्सन झाले चार र अर्का दीपक बोहराले सात रन जोडे । उत्तम मगर र दीपक डुम्रे भने शून्यमै पभेलियन फर्किए ।

१४ ओभरको खेल सकिँदा नेपालले सात विकेट गुमाएर ३५ रन जोडेको छ ।

नेपालले प्रतियोगिताको यसअघिका दुवै खेलमा हार व्यहोरेको थियो । पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले र अफगानिस्तानविरुद्ध ७३ रनले पराजित भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro