site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक
फाइल तस्बिर ।

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । सभापति शेरबहादुर देउवाले यही मंसिर २९ गते शुक्रबार दिउँसो १२ः१५ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको जानकारी दिए ।

बैठकका निम्ति तीन एजेन्डा तय गरिएको छ । पौडेलका अनुसार महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल गरिनेछ ।

आउँदो पुस १६ देखि १९ गतेसम्म हुने भनिएको पार्टीको महासमिति बैठक सार्ने तयारी गरिएको छ । शुक्रबारको बैठकबाट उक्त निर्णय गर्ने तयारी गरिएको एक पदाधिकारीले बाह्रखरीसित बताए ।

axmag-1702285442.jpg

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १४:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro