site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
शाक्यको ‘म सडकको प्रतिविम्ब’ सार्वजनिक    

काठमाडौं । कवि प्रदीपरत्न शाक्यको कविताकृति ‘म सडकको प्रतिविम्ब’ लोकार्पण गरिएको छ । कवि तुलसी दिवसले लोकार्पण गरेका हुन् । 

काठमाडौंमा आयोजित कार्यक्रममा कृति सार्वजनिक गर्दै कवि दिवसले कृतिभित्रका कवितामा कवि शाक्यको अनुभूति र भावना फरक रूपमा आएको उल्लेख गरे । कृतिमाथि कथाकार धु्रव मधिकर्मीले समीक्षात्मक मन्तव्य दिएका थिए । 

कार्यक्रममा कृतिकार शाक्यलगायत गोविन्दप्रसाद वेदमणि, भगतदास श्रेष्ठ, नरेशवीर शाक्य, नारद बज्राचार्य, विमल अर्याल र परशुराम पराशरले कृतिमाथि बोलेका थिए । 

नेपाली र नेपालभाषामा समेत कविता लेख्दै आएका शाक्यको यस कृतिमा ७६ वटा कविता समावेश छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १३:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro