site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालविरुद्ध जम्सिद जद्रानको शतक

काठमाडौं । एसीसी यू–१९ एसिया कपमा नेपालविरुद्ध अफगानिस्तानका जम्सिद जद्रानले १०० बनाएका छन् । आइतबार दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा टस हारेर ब्याटिङमा उत्रिएको अफगानिस्तान टोलीका निम्ति जद्रानले १४३ बलमा सात चौकासहित १०० रन पूरा गरे । 

जारी खेलको ४८ ओभर सकिँदा अफगानिस्तानले सात विकेट गुमाएर २५२ रन बनाएको छ ।

Dabur Nepal
NIC Asia

प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावनालाई कायम राख्न आज नेपाललाई जित्नैपर्ने दबाब छ । दुवै टिम आज पहिलो जितको खोजीमा छन् । यसअघि, पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो । अफगानिस्तान पनि पहिलो खेलमा भारतसँग सात विकेटले नै पराजित भएको थियो ।

नेपालले समूह चरणको अन्तिम खेलमा आउँदो मंगलबार भारतसँग खेल्नेछ । आईसीसी एकेडेमी ओभर–२ मा हुने यो खेल बिहान ११ः१५ बजे सुरु हुनेछ ।

समूह ‘ए’मा नेपालबाहेक बाँकी तीनै देशले आईसीसीबाट टेस्ट राष्ट्रको मान्यता पाएका छन् । समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । दुवै सेमिफाइनल खेल मंसिर २९ गते हुनेछ । प्रतियोगिताको फाइलन खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुस १ गते हुनेछ ।

गएको अक्टोबरमा भएको छनोटबाट नेपाल, यूएई र जापानले शीर्ष तीन स्थान हासिल गर्दै एसिया कपमा ठाउँ बनाएका हुन् । नेपाल प्रिमियर कपको विजेता, यूएई उपविजेता र जापानले तेस्रो स्थान सुरक्षित गर्दै यूएईको टिकट काटेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro