site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

प्रमुख विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सङ्कल्प यात्राकै बाटोमा अवरोध हुनेगरी प्रदेशको कोसी१नामाकरणमा असहमत पक्षले बन्दलगायतका कार्यक्रम तय गरेका छन् । एमालेले पनि आफ्ना पूर्वघोषित कार्यक्रम नरोकिने घोषणा गरेकाले कोसीमा नामाकरणकै विषयमा पुनः अप्रिय स्थिति उत्पन्न हुनसक्ने अवस्था देखिएको छ । 

एमाले पश्चिमको बैतडीदेखि सुरु गरिएको मध्यपहाडी लोकमार्ग केन्द्रित ‘संकल्प यात्रा’का क्रममा विभिन्न जिल्लाका कार्यक्रम सकेर पूर्वको कोसीतर्फ लागेको छ । यसबीच विभिन्न जिल्लामा भएका सभा र कार्यक्रमहरू शान्तिपूर्ण रहेका छन् ।  एमालेका नेता कार्यकर्ता सम्मिलित स‌कल्प यात्रा म‌सिर २६ गते कोसी पुग्ने कार्यक्रम छ ।

अर्कातिर एमालेकै यात्राको अवधिसँग जुध्ने गरी कोसी नामाकरणसँग असहमत पक्षले पनि बन्दलगायतका कार्यक्रम तय गरेका छन् । प्रदेश नम्बर १ को नामाकरण कोसी गरिँदा त्यस भूभागका बासिन्दाको मौलिक पहिचान गुम्ने भन्दै आफूलाई ‘पहिचानवादी’ भन्ने त्यस क्षेत्रका विशेषगरी पहाडी जनजातिहरू आन्दोलित हुँदैआएका छन् ।

कोसी प्रदेश सभामा एमालेका सदस्यहरू अरू दलका भन्दा अपेक्षाकृत बढी नै छन् । प्रदेशको कोसी नामाकरण पनि एमाले नेतृत्वकै सरकारको कार्यकालमा भएको थियो । नेपाली कांग्रेस र नेकपा (मा‌ओवादी केन्द्र)का सदस्यहरूले पनि कोसी नामाकरण गर्ने प्रस्तावमा सरकारलाई साथ दिएका थिए ।

अर्थात्, सबै प्रमुख दलकै सहमतिमा नामाकरण गरिएको भए पनि त्यसविरुद्ध आन्दोलन चर्केपछि मूलतः माओवादी केन्द्रले  कोसी नामाकरणमा सहमत हुनु गलत भएको स्वीकार गरेको छ । कांग्रेस भने सत्ताको प्रमुख साझेदार मा‌वादी केन्द्रलाई नचिढ्याउने मनसाय देखाएर  लगभग मौन बसेको छ ।

यस्तो अवस्थामा पहिचानका पक्षधरहरू एमालेप्रति बढी आक्रामक हुनु अस्वाभाविक नभए पनि मुठभेडकै स्थितिमा पुग्नु अनुचित र आपत्तिजनक भन्ने पक्कै हो । यसैले एमालेको राजनीतिक प्रतिवाद गर्न उसका कार्यक्रम बिथोल्न खोज्नु अधिनायकवादी मानसिकताको परिचायक हो । यसैले ‘पहिचानवादी’हरूले शन्तिका लागि स‌ंयमित हुनुपर्छ ।

कुनै पनि पक्षको एकअर्कासँग असहमत हुने र आआफ्नै शैलीमा शान्तिपूर्ण समर्थन वा विरोध जनाउने स्वतन्त्रता संविधानले नै प्रत्याभूत भएको छ । सरकारले उनीहरूको अधिकारको रक्षा गर्नुपर्छ । यसका लागि सरकारले सकेसम्म चुस्त र सुदृढ सुरक्षा व्यवस्था पक्कै पनि मिलाएकै हुनुपर्छ । नमिलाएको भए मिलाउनुपर्छ ।

लोकतान्त्रिक संस्कार भए एमाले र कोसी नामाकरण विरोधीले पनि एकअर्काको अधिकारको सम्मान गर्नुपर्छ । विशेषगरी पहिचानवादीले एमालेकै यात्रा अवरुद्ध गर्नेगरी बलजफ्ती नगरून् । एमालेका नेताहरूले पनि पहिचानवादीलाई होच्याउने र इख्याउने अभिव्यक्ति दिनु हुँदैन । लामो यात्रा शान्तिपूर्वक तय गरेको एमाले स‌यमित र चनाखो बनोस् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro