site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एफसी चितवन र ललितपुर सिटी एफसी भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा आज ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदै छ ।

प्रतियोगितामा ललितपुर हालसम्म अपराजित छ । यसअघिका चार खेलमध्ये एकमा जित र तीन खेलमा बराबरीको नतिजा निकालेको ललितपुर तालिकाको चौथो स्थानमा छ । आजको खेलमा जित निकाले ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लिनेछ ।

यता, चार खेलबाट पाँच अंक जोडेको चितवन भने तालिकाको पाँचौँ स्थानमा छ । चितवनले यसअघि एक खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा हार बेहोरेको थियो । आजको जितले चितवन तालिकाको शीर्ष चारमा प्रवेश गर्नेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ ।

प्रतियोगिताको यो सिजनमा काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, एफसी बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ०५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro