site stats
बाह्रखरी :: Baahrakhari
देश
माल्टा पठाइदिन्छु भन्दै सात लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जुम्लाको हिमा गाउँपालिका–५ घर भइ काठमाडौं महानगरपालिकाको डल्लु बस्ने ३३ वर्षीय धर्मेन्द्र शाही रहेका छन् । उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

Argakhachi Cement Island Ad

शाहीले दुईजनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइ प्रतिष्ठित होटेलमा मासिक एक लाख १० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै रकम ठगी गरेका थिए । उनीहरूबाट सात लाख पाँच हजार रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

शाहीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले ललितपुरको जावलाखेलबाट पक्राउ गरिएको जनाइएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १९:४८
प्रतिक्रिया दिनुहोस्