site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राज्य व्यवस्था समितिले एनसेल खरिद–बिक्री प्रकरणमा प्रधानमन्त्रीसँग जानकारी लिने
SkywellSkywell

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएर एनसेलको सेयर खरिद बिक्री प्रकरणको सम्बन्धमा जानकारी लिने भएको छ । 

शुक्रबार बसेको समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई आउँदो सोमबार (मंसिर २५ गते) बैठकमा बोलाएर एनसेलको सेयर खरिद बिक्रीको सम्बन्धमा यथार्थ जानकारी लिने निर्णय गरेको हो । 

Dabur Nepal
NIC Asia

त्यसैगरी सोही दिन प्रधानमन्त्रीसँग संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकको सम्बन्धमा पनि छलफल गर्ने निर्णय गरेको समिति सभापति रामहरी खतिवडाले बताए ।

समितिले प्रधान सेनापतिलाई आगामी बुधबार काठमाडौं–तराई/मधेस द्रुत मार्गको कार्य प्रगतिको सम्बन्धमा जानकारी लिने निर्णय गरेको पनि उनले जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu