site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युवाहरूमा देखिएको आक्रोश व्यवस्थाविरुद्ध होइन, नेताहरूविरुद्ध हो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले युवाहरूमा देखिएको आक्रोश व्यवस्थाविरुद्ध नभएर नेताहरूविरुद्ध भएको बताएका छन् । 

रीता शाहीको चिनारी गजल संग्रह विमोचन समारोहमा उनले आफ्नो युवाहरू निराश देखिएको बताए । “अहिले युवाहरू अत्यन्तै निराश भएको पाउँछु । हामीलाई सोध्नुहुन्छ यस्तै चल्छ भनेर प्रश्न गर्नुहुन्छ,” उनले भने, “देखिएको आक्रोश व्यवस्थाविरुद्धको हो भन्ने लाग्दैन । हामीले काम गर्न नसकेको आक्रोश हो ।” 

उनले भ्रष्टाचारले गाँजेको भन्दै त्यसको निरुपण गर्नुपर्ने बताए । लोकतान्त्रिक पार्टीमा विवाद हुने उनले बताए । चुनावभन्दा पछाडि मात्रै गठबन्धन गर्नुपर्ने उनको भनाइ छ । 

“यसरी चल्छ भन्नुभएको छ चल्दैन । सुधार्दै लानुपर्छ । यो व्यवस्थामा गठबन्धन गर्नुपर्छ । प्रि–इलेक्सन गठबन्धन गर्ने कि पोस्ट इलेक्सन गठबन्धन गर्ने सोच्न पर्छ,” उनले भने । 

उनले कम्युनिस्ट पार्टीसँग गठबन्धन गर्दा कांग्रेस विस्तारै सकिने समेत बताए । “डेमोक्रेटिक पार्टीसँग मात्र गठबन्धन हुन सक्छ । कम्युनिस्ट पार्टीसँग गठबन्धन गर्न थाल्यौ भने हामी विस्तारै सकिदै जान्छौँ,” कोइरालाले भने, “देश परिवर्तन गर्ने हो भने कांग्रेस परिवर्तन गर्नुपर्छ । कांग्रेस डेमोक्रेटिक पार्टी हो ।” 

उनले अहिले लोक रिझ्याइँमा कांग्रेस लागि रहेको र त्यो नरहने उनको टिप्पणी छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro