अर्थ व्यवसाय

काठमाठौं । नेपाल राष्ट्र बैंकले रियलस्टेट कर्जाको जोखिम भार घटाएको छ । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियलस्टेट कर्जा र ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाएर १२५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।
५० लाख रुपैयाँसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाएर ६० प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८० १२:३३
प्रतिक्रिया दिनुहोस्