site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिलो हाफमा चितवन र बुटवल लुम्बिनी गोलरहित बराबर

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा एफसी चितवन र बुटवल लुम्बिनी एफसीबीचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी पहिलो हाफमा दुवै टिमले गोलका लागि गतिलो आक्रमण बुन्न सकेनन् ।

खेलको ४२औँ मिनेटमा चितवनका विमलले एउटा अवसर खेर फाले । अफ्रिइ अक्वाहले बक्सभित्र उपलब्ध गराएको बलमा विमलले वान भर्सेस वान जस्तै अवस्थामा हानेको प्रहार बारमाथिबाट बाहिरिँदा बुटवलको खतरा टरेको थियो ।

आज दुवै टिम दोस्रो जितको खोजीमा छन् । यसअघि समान तीन खेल खेले पनि दुवै टिमले एक खेलमा मात्र जित निकालेका छन् । चितवनले अन्य दुई खेलमध्ये एकमा बराबरी र अर्कोमा हारको नजिता आत्मसात गरेको छ ।

बुटवलले भने बाँकी दुवै खेलमा हार व्यहोरेको थियो । तीन खेलबाट चार अंक जोडेको चितवन तालिकाको पाँचौँ स्थानमा छ । समान खेलबाट तीन अंक जोडेको बुटवल तालिकाको सातौँ स्थानमा छ । आजको खेलमा जित निकाल्ने टिम तालिकाको शीर्ष चारमा उक्लिनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro