site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
टेस्लाको अत्याधुनिक ‘साइबरट्रक’ : मूल्य ८१ लाख, रेन्ज ५४७ किलोमिटर
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकी विद्युतीय गाडी निर्माता टेस्लाले आफ्नो नयाँ ईभी ‘साइबरट्रक’को डेलिभरी सुरु गरेको छ । क्षमता, डिजाइन र पफर्मेन्सका कारण निकै चर्चामा रहेको साइबरट्रक सार्वजनिक गरिएको चार वर्षपछि ग्राहकले पाएका हुन् ।

गएको नोभेम्बर ३० मा पहिलो चरणमा एक इभेन्टमार्फत कम्पनीका सीईओ एलन मस्कले दर्जनौँ ग्राहकलाई साइबरट्रक डेलिभरी गरेका थिए । साइबरट्रकको सुरुआती भेरियन्टको प्रतिमूल्य ८० हजार ९९० अमेरिकी डलर अर्थात् करिब ८१ लाख रुपैयाँ रहेको छ । सन् २०१९ मा यसको मूल्य ३९ हजार ९०० अमेरिकी डलर रहेको थियो ।

efagmmgmf-1701944993.jpg

Prabhu Bank
Agni Group
NIC Asia

टेस्लाले २०२४ मा सबै पांग्रामा पावर जाने दुई र तीन मोटरसहितको एडब्ल्यूडी साइबरट्रक सार्वजनिक गर्ने बताइएको छ ।

दुई मोटर रहने एडब्ल्यूडी साइबरट्रकको मूल्य ७९ हजार ९९० अमेरिकी डलर तोकिएको छ । ३४० माइल अर्थात् करिब ५४७ किलोमिटर रेन्ज रहने गाडीले ४.१ सेकेन्डमा शून्यदेखि ९६ किलोमिटर गति दिने बताइएको छ । यसको अधिकतम गति १८० किलोमिटर प्रतिघण्टा हुनेछ ।

Global Ime bank

तीन मोटर रहने एडब्ल्यूडी साइबरट्रकको मूल्य ९९ हजार ९९० अमेरिकी डलर तोकिएको छ । ३२० माइल अर्थात् करिब ५१४ किलोमिटर रेन्ज रहने गाडीमा ८४५ हर्सपावर र १३ हजार ९५९ एनएम टर्क हुने टेस्लाले जनाएको छ ।

qfmdgf-1701945050.jpg

टेस्लाले सन् २०२५ सम्ममा वार्षिक दुई लाख ५० हजार ट्रक उत्पादन थाल्ने जनाएको छ । गाडीको माइलेज ४७० माइल अर्थात् करिब ७५६ किलोमिटरसम्म लम्ब्याउन सकिन्छ ।

साइबरट्रकमा ६ जना अटाउने बताइएको छ । यसको तान्ने क्षमता करिब पाँच हजार किलोग्राम र एक हजार १३३ किलोग्राम ‘पेलोड’ क्षमता छ । सामान बोक्न साइबरट्रकको पछाडि १.६ घनमिटरको लक गर्न मिल्ने ठाउँ राखिएको छ ।

fdg-1701944932.jpg

गेमिङ र फिक्सनल भिडियो, चलचित्रमा देखाइएका भविष्यका कारलगायत विषयबाट प्रेरित भएर साइबरट्रकको डिजाइन रोजेको मस्कले बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय