अर्थ व्यवसाय

काठमाडौं । रमेश कर्प नेपालले ट्राभल एजेन्सी बोन्जोय ट्राभल प्रालिसँग समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेको छ । यस सहकार्यले रमेश कर्पको आधिकारिक ट्राभल पार्टनर बोन्जोय ट्राभल भएको छ ।
कार्यक्रममा रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवालले सहकार्यको बारेमा जानकारी दिए ।
उनले भने, “हाम्रा हितग्राहीहरूलाई अनुपम सेवाहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतामा, हामी बोन्जोय ट्राभल प्रालिसँग हात मिलाउन पाउँदा हर्षित छौँ ।”
यो रणनीतिक साझेदारीले कम्पनीका कर्मचारी र ग्राहकहरूको यात्राको अनुभवलाई सरल र उत्साहजनक बनाउने पनि बताए ।
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८० १९:०८
प्रतिक्रिया दिनुहोस्