काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एनसेल खरिद–बिक्री प्रकरणको छानबिनका लागि आयोग गठन गर्नुपर्ने बताएका छन् ।
बुधबारको लेखा समिति बैठकमा उनले योजनाबद्ध ढंगले ६ वर्षपछि पनि आफ्नै हातमा राख्न आजियाटाले काम गरेको आरोप उनको छ ।
“छानबिन आयोग गठन गर्नुपर्छ । सरकार कि हाम्रो समितिले बनाउने वा अख्तियारले हेर्नुपर्छ,” उनले भने ।
उनले एनसेलको प्रयोगकर्ता बढ्दा घाटा कसरी भयो भन्ने प्रश्न पनि गरे । “एनसेल किनबेच व्यापार हो, पाँच वर्षदेखि कारोबार घट्ने आम्दानी तल गएको देखाएछ तर, उ भित्रभित्रै कमाइ रहेको छ, प्रयोगकर्ता बढेका छन् । कसरी हुन्छ ?,” लिङ्देनको प्रश्न छ ।
उनले आजियाटाले नियोजित ढंगले काम गरेको भन्दै यो रोक्न समितिले निर्देशन जारी गर्नुपर्ने बताए ।