site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले सांसदको चेतावनी : कोसीमा जागरण अभियान अवरोध भए ‘प्रतिकार’ 

विराटनगर । नेकपा (एमाले)का कोसी प्रदेश सांसदहरूले प्रदेशमा जागरण अभियानमा अवरोध भए प्रतिकार गरिने चेतावनी दिएका छन् । पहिचानवादीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेतालाई कोसी प्रदेशमा प्रवेश निषेधको घोषणा गरेसँगै सांसदहरूले आपत्ति जनाएका हुन् । 

प्रदेशसभाको मंगलबार बसेको बैठकमा एमाले सांसदले ‘देश भ्रमणमा निस्कदा इजाजत लिनुपर्ने हो ?’ भन्दै प्रश्न गरेका थिए । एमालेको जनजागरण अभियान झुलाघाटबाट सुरु भएको छ । कोसी प्रदेशको चिवाभन्ज्याङसम्म पुग्ने कार्यतालिका छ । यो यात्रामा ३५० किमी कोसी प्रदेशमा हुनेछ । यात्रा सात दिनसम्म चल्ने छ । 

एमालेका सांसद तिलचन्द पाठकले एमालेको अभियान रोक्ने गरी नेता निषेधको घोषणा गर्दा सरकार के गरेर बसेको भन्दै प्रश्न गर्दै भने, “संविधानले मौलिक हक, सम्मानपूर्व बाँच्न पाउने, कुनैपनि स्थानमा जान पाउने अधिकार सुनिश्चित गरेको तर एमालेलाई लक्षित गरी रोक्न खोज्दा सरकार के गर्दैछ ?” 

एमालेका रमेश बस्नेतले बसाइँसराइले पहाडी क्षेत्रमा ठूलो असर गरेको बताए । मंसिर १४ देखि पुष्पलाल मार्गमा झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको अभियान चलाएको दाबी गर्दै भने, “यो बसाइँसराइ र त्यसबाट हुने असरबारे चेतना दिलाउन खोजेको हो ।” 

एमालेका विदुर लिंथेपले एमालेको संकल्प यात्रा कोसी प्रदेशमा २६ गतेबाट प्रवेश गर्ने भन्दै लामो संघर्ष पछाडि बोल्न र शान्तिपूर्ण कार्यक्रम गर्न पाउने संविधान निर्माण गरेको बताए । उनले भने, “भौतिक आक्रमण भए प्रतिवाद गर्छौँ । शान्तिपूर्ण मागलाई एमालेले सँधै सम्मान गर्ने तर के एमालेका नेता कार्यकर्ताले देशको भ्रमण गर्दा अनुमति माग्नुपर्ने ? कसैसँग अनुमित मागिदैन । यात्राअघि बढ्नेछ । कसैको आग्रह पूर्वाग्रहले यात्रा रोकिदैन ।” कुनै अमुक व्यक्ति वा समूहको ‘अनुमति वा भिजा लिनुपर्ने हो ?’ भन्दै उनले प्रतिप्रश्न गरेका थिए । 

उनले कोसी प्रदेशमा प्रवेश गर्न अमुक व्यक्ति वा निकायको इजाजत लिनुपर्ने अवस्था बनाउन खोजिएको भन्दै प्राविधिक रूपले दोस्रो भएपनि जनमतको आधारमा एमाले पहिलो पार्टी भएको दाबी गरे । 

“जनताको अवस्था बुझ्न यो कार्यक्रम हुन लागेको हो । एमालेले के इजाजत मागेर हिंड्नु पर्ने हो ?” उनले भने,” यसले मध्य पहाडको समस्या उजागर गर्ने र कसैको धम्कीले रोकिदैन ।” 

एमालेका किशोरचन्द्र दुलाल आर्थिक वर्ष सुरु भएको पाँच महिनापछि मात्र बजेट सुरु भएको भन्दै समय धेरै बितिसकेको हुँदा योजना तथा कार्यक्रम संचालन गर्न सरकारको ध्यानाकर्षण गराए । 

“समयमै बजेट तत्तत् स्थानमा पठाउन आग्रह गर्दछु । बजेटसँग सम्बन्धित पारितसभाबाट पारित भइ आएका कार्यक्रम तथा योजना प्रदेशसभाको मानमर्दन हुने गरी आफूले पारेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेको प्रति आपत्ति छ,” उनले भने । 

माओवादी सांसद गोम्बु शेर्पाले कोसी प्रदेशसभा चार महिनादेखि सभामुखविहीन अवस्थामा छ । २०८० साउन १६ गते राजीनामा दिएपछि सभामुखविहीन भएको भन्दै २०७४ प्रदेशसभा संचालनको नियमावलीअनुसार निर्वाचनको कार्यतालिका प्रकाशन गर्ने व्यवस्था भए बमोजिम सभामुख पद रिक्त भए कार्यविधिअनुसार पूर्ति गरिने भनिएकोले निर्वाचन कार्यक्रमको समय र कार्यसूची तोक्न सचिवालयसमक्ष आग्रह गरे । 

भने, “प्रदेशसभा जनताको सर्वोच्च संस्था भएकोले लामो समयसम्म नेतृत्वविहीन हुँदा संविधानको मर्मअनुरुप हुँदैन भन्दै सभामुख निर्वाचन तत्काल गरी ओझ तथा गरिमा कायम गर्न आग्रह गर्दछु ।” 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro