site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘एनिमल’ले चार दिनमा कति गर्‍यो कलेक्सन ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सन्दीप रेड्डीको निर्देशन रहेको चलचित्र ‘एनिमल’ले चार दिनमा २४६ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ । शुक्रबार रिलिज भएको चलचित्रले सोमबारसम्म २४६.२३ करोड कलेक्सन गरेको हो । 

बलिउड सिनेमाका ट्रेड एनलाइसिस्ट तरण आदर्शका अनुसार हिन्दी भाषामा मात्रै ‘एनिमल’ले २१६.६४ करोड कलेक्सन गरेको छ । बाँकी २९.५९ करोड भने साउथ इन्डियन भाषाको ‘एनिमल’ले कलेक्सन गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

बलिउडमा यो सिनेमाले शुक्रबार ५४.७५ करोड, शनिबार ५८.३७ करोड, आइतबार ६३.४६ र सोमबार ४०.६ करोड कलेक्सन गरेको हो । 

‘एनिमल’ बलिउडमा सबैभन्दा धेरै ओपनिङ बिजनेस गर्ने तेस्रो ठूलो सिनेमा बनेको छ । रिलिजको पहिलो दिन शुक्रबार बलिउडमा ५४.७५ करोड ओपनिङ कलेक्सन गर्दै ‘एनिमल’ सबैभन्दा धेरै ओपनिङ गर्ने तेस्रो ठूलो हिन्दी सिनेमा बनेको हो । यसको तीन दिनको कलेक्सनले ‘जवान’को तीन दिनको कलेक्सनलाई पनि उछिनेको छ । 

Global Ime bank

सन्दीप रेड्डीको निर्देशन रहेको चलचित्र ‘एनिमल’मा रणवीर कपुर, रश्मिका मन्दाना, बबी देओल र अनिल कपुर मुख्य भूमिकामा छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement