site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीलाई ९ वर्षीय बालकको पत्र : पेट पाल्न विदेश जानुपर्ने अवस्था अन्त्य गरिदिनु 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका ९ वर्षीय बालकले विदेश जानुपर्ने बाध्यताको अन्त्य गरिदिन आग्रह गरेका छन् । 

अध्यक्ष ओलीले गुर्भाकोट नगरपालिका–१०, भेडाबारीका किशोर पौडेलले स्वेदशमै रोजगारीको वातावरण बनाउन सल्लाह दिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । 

Dabur Nepal
NIC Asia

“हाम्रो यात्रा सुर्खेतबाट सल्यान हुँदै जाजरकोटतिर लाग्दै थियो । हिँडने बेलामा ९ वर्षीय बाबु किशोर पौडेलले एउटा सानो चिट्ठी हातमा थमाए । स्वदेशमै कमाइको वातावरण बनाउन उनले सल्लाह दिए । मैले सोचे– हामीले मध्यपहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो, भेरी–बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्नुपर्छ । ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार पनि यसैका लागि गरेका हौँ,” ओलीले फेसबुकमा लेखेका छन्, “सुर्खेत, सल्यान, जाजरकोट, रुकुममा चिल्ला सडकहरू बनेका छन् । यी बाबुको सपना पूरा गर्न यसले सघाउँदै जान्छ ।” 

एमाले अहिले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमा छ ।

Patra-1701766726.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro