site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
तीन राज्यमा जितसँगै आउँदो सरकार पनि मोदीकै बन्ने बलियो सम्भावना
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको भारतीय जनता पार्टी (भाजपा)ले तीन राज्यको विधानसभा निर्वाचनमा जित हात पारेको छ ।

आइतबार घोषणा भएको चार राज्यको चुनावी नतिजाअनुसार दुई राज्यमा भाजपाले विपक्षी दललाई हराउँदै तीन राज्यमा जित हात पारेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

भाजपाले मध्य प्रदेशमा आफ्नो सत्ता कायम राखेको हो भने, राजस्थान र छत्तीसगढमा प्रतिद्वन्द्वी कांग्रेसले राखेको नियन्त्रण आफ्नो पक्षमा पारेको हो । चौथो तेलंगाना राज्यमा भने कांग्रेसले जितेको छ ।

सन् २०२३ को विधानसभा चुनावको नतिजाले प्रधानमन्त्री मोदीको तेस्रो कार्यकालको सम्भावनालाई बलियो बनाएको छ । खासगरी हिन्दी भाषी राज्यहरूमा प्रधानमन्त्री मोदीको लोकप्रियता कायमै रहेको चुनावी नतिजाले देखाएको हो ।

Global Ime bank

भाजपाले दक्षिण भारतमा एक मात्र जित कायम रहेको कर्नाटकमा यस वर्षको विधानसभा निर्वाचनमा कांग्रेससँग हार व्यहोरेको थियो । पाँचौँ राज्य मिजोरमको चुनावी नतिजा भने सार्वजनिक भएको छैन । तर, तीनवटा महत्वपूर्ण राज्यमा भाजपाको जितसँगै यसले अर्को कार्यकालमा सरकार चलाउने बाटो लगभग स्पष्ट देखिएको छ ।

५४३ सिट संख्या रहेको भारतको तल्लो सदन लोकसभामा भाजपाले जितेका तीन राज्यबाट हुने सिट संख्या ६५ रहेको छ । जसमा मध्य प्रदेशबाट २९, राजस्थानबाट २५ र छत्तीसगढबाट ११ सिट रहनेछन् । यो चुनावी नतिजासँगै सन् २०२४ को लोकसभा चुनावअघि भारतका २८ राज्यमध्ये भाजपाले १२ राज्यमा आफ्नो एकल सरकार बनाएको छ ।

ती राज्य उत्तराखण्ड, हरियाणा, उत्तर प्रदेश, गुजरात, गोवा, असम, त्रिपुरा, मणिपुर, अरुणाचल प्रदेश, एमपी, राजस्थान र छत्तीसगढ हुन् । कांग्रेससँग भने, कर्नाटक, हिमाचल प्रदेश र तेलंगानामा मात्रै एकल सरकार रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement