site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रोमाञ्चक खेलमा फुलहमविरुद्ध लिभरपुलको जित, टोटनहमसँग रोकियो सिटी

काठमाडौं ।ट्रेन्ट एलेजान्डर–अर्नाल्डको निर्णायक गोलप्रेरित लिभरपुलले फुलहमविरुद्ध ४–३ को रोमाञ्चक जित निकालेको छ । आइतबार राति घरेलु मैदान एन्फिल्डमा तीन मिनेट बाँकी रहँदा दुई गोल गरेपछि लिभरपुलले फुलहमविरुद्ध तीन अंक सुनिश्चित गरेको हो ।

खेलको ८६ मिनेटसम्म लिभरपुल ३–२ ले पछि परेको थियो । तर, अन्तिम तीन मिनेटमा दुई गोल गर्दै लिभरपुलले सनसनीपूर्ण जित निकाल्यो । 

खेलको २०औं मिनेटमा फुलहमका बेर्नड लेनोबाट भएको आत्मघाति गोलबाट लिभरपुलले अग्रता बनाएको थियो । तर, २४औं मिनेटमा ह्यारी विल्सनले गोल गर्दै पाहुना टिमलाई खेलमा फर्काएका थिए । 

३८औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै पुनः लिभरपुललाई अग्रता दिलाएका थिए । एलिस्टरले करिब ३५ यार्ड परबाट बललाई जालीको दिशा दिएका थिए । 

पहिलो हाफको इन्जुरी समयमा केनी टेटाले गोल गर्दै पुनः फुलहमलाई खेलमा फर्काएका थिए । 

८०औं मिनेटमा बोबी रेइडले गोल गर्दै फुलहमलाई अग्रतामा राखेका थिए । तर, ८७औं मिनेटमा वाटारु एन्डोले गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए । त्यसको अर्को मिनेटमा अर्नोल्डोले गोल गरेपछि लिभरपुलले ४–३ को अग्रता बनायो । यही गोल निर्णायक बन्दा लिभरपुलले रोमाञ्चक जितसहित तीन अंक निश्चित गर्यो । 

जितसँगै १४ खेलबाट ३१ अंक जोडेको लिभरपुल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट १५ अंक जोडेको फुलहम तालिकाको १४औं स्थानमा छ । 

आइतबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटी टोटनहमसँग ३–३ को बराबरीमा रोकिएको छ । 

बराबरीमा रोकिएको साविक विजेता सिटी १४ खेलबाट ३० अंकसहित तालिकाको तेस्रो स्थानमा छ । समान खेलबाट २७ अंक जोडेको टोटनहम तालिकाको पाँचौ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  ०८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro