site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एनसेलवाला कुरा बुझेको छैन, मन्त्री परिवर्तन हल्लामात्रै : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले मन्त्री परिवर्तनको हल्लामात्रै भएको बताएका छन् । उनले सरकार बनेदेखि नै यस्ता हल्ला भएको र गृहमन्त्री परिवर्तनको कुरा हल्लामात्रै भएको बताएका थिए ।
कोप सम्मेलनबाट फर्किने बेलामा उनले यस्तो बताएका हुन् ।

“सरकार गठन भएका बेलादेखि नै मन्त्रिपरिषद् पुनर्गठन भन्ने हल्ला धेरै भयो,” उनले भने, “गठबन्धनभित्र सोचिएको पनि छैन । सरकार गठन भएदेखि नै गृहमन्त्री परिवर्तन भन्ने कुरा भएको थियो, त्यस्तो होइन, मेरो दिमागमै छैन मन्त्री परिवर्तन गर्ने कुरा ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले एनसेल खरिदबिक्रीका सम्बन्धमा आफूले कुरा नबुझेको र बुझेपछि जानकारी गराउने बताए ।

“एनसेलवाला कुरा बुझेको छैन । बुझेपछि भनौंला,” उनले भने ।

उनले आफू दुई घण्टाअघि दुवई जाँदा ३१ नेपाली छुटेको सम्बन्धमा दुःख लागेको बताउँदै भने, “छुट्ने जानकारी पाएको भए म दुई घण्टा अघि जाने थिइनँ ।”
 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १९:२३
प्रतिक्रिया दिनुहोस्