site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बालिकाहरूलाई गाउँबाट बोलाएर यौन क्रियाकलापमा लगाउने महिला पक्राउ

काठमाडौं । बालिकाहरूलाई यौन क्रियाकलापमा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छन् । तनहुँको भिमाद नगरपालिका–२ की २५ वर्षीया सपना तामाङ भनिने पूजा रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यही मंसिर १४ गते उनलाई काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरिएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।

बालिकाहरूलाई विभिन्न प्रलोभनमा पारी नयाँ बसपार्क र कलंकीस्थित विभिन्न होटेल तथा गेस्टहाउसहरूमा यौन गतिविधिमा लगाएको उनीमाथि आरोप छ । त्यस्तो क्रियाकलापमा लगाइएका तीन बालिकाको उद्धार समेत गरिएको ब्युरोका प्रवक्ता एवं एसपी कृष्णप्रसाद पगेनीले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

रानाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढेलेखेका बालिकाहरूलाई धागो कात्ने, घरहरूमा बच्चा हेर्ने, होटेलमा सरसफाइको काममा लगाइदिने भन्दै उनले काठमाडौंमा बोलाउने गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।

त्यसरी बोलाइएका बालिकाहरूलाई बसपार्क र कलंकीस्थित विभिन्न होटेल तथा गेस्टहाउसहरूमा राख्ने गरेको खुलासा भएको ब्युरोले जनाएको छ ।

बालिकाहरूलाई विगत १० महिनादेखि विभिन्न डरत्रास देखाई शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको खुलेको एसपी पगेनीले जानकारी दिए ।

प्रहरीसहितको टोलीले कलंकीबाट एक र नयाँ बसपार्कबाट दुई गरी तीन बालिकाको उद्धार गरिएको थियो । उद्धार गरिएका बालिकाहरूलाई सुरक्षित आवासमा राखिएको छ ।

घटनामा संलग्न अरू व्यक्तिहरूको खोजी र थप अनुसन्धान कार्य भइरहेको ब्युरोले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro