site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रतिगमनतर्फ फर्किन खोज्नेहरू देशद्रोही हुन् : ओली
Dabur Nepal
NIC Asia

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनको कुरा गर्नेहरू देशद्रोही भएको बताएका छन् । पार्टीको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत आइतबार दैलेखको राकम कर्णालीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिगमनतर्फ फर्किन खोज्नेहरू देशद्रोही र लोकतन्त्र विरोधी भएको बताएका हुन् ।

ओलीले लोकतान्त्रिक गणतन्त्रको विरोधमा बोल्नेहरू नेपाल र नेपालीको हितविपरीत भएको जिकिर गरे । उनले विभिन्न प्रकारका भ्रमहरू फैलाएर मुलुकको एकता बिथोल्न खोज्नेहरूप्रति सजक रहनुपर्ने र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताए ।

ओलीले वर्तमान गठबन्धनको सरकार आएपछि मुलुकको विकास अवरुद्ध भएकाले व्यवस्थामाथि प्रश्न उठ्न थालेको तर्क गरे । उनले एमाले सरकार हटेपछि देशमा अराजकता छाएकाले अब एमालेको एकल सरकार आवश्यक रहेको तर्क गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro