site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस एक ढिक्का भए कसैको सहारा लिनु पर्दैन : शेखर कोइराला
फाइल तस्बिर ।

रुपन्देही । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आउँदो निर्वाचनमा पार्टीले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् । यसका निम्ति अहिलेदेखि नै तयारी थाल्न उनले कांग्रेसका नेता–कार्यकर्तालाई आग्रह पनि गरे ।

शनिबार बुटवलमा कांग्रेस लुम्बिनी प्रदेश समितिको प्रथम सम्मेलनमा उनले कांग्रेस एक्लै चुनाव लड्न एक ढिक्का हुनुपर्नेमा जोड दिए । उनले कांग्रेस एक ढिक्का भए कसैको सहारा लिनु नपर्ने पनि बताए ।

कांग्रेस परिवर्तन भए मात्र राष्ट्र परिवर्तन हुने उनले उल्लेख गरे । कांग्रेस परिवर्तन हुन नेताहरूले त्याग गर्न सक्नुपर्नेमा उनले जोड दिए ।

मुलुकमा भ्रष्टाचार र दण्डहीनता बढेको बढ्यै अवस्था रहेको भन्दै नेता कोइरालाले सुशासन र पारदर्शिता कायम नभएसम्म कांग्रेसले विश्राम लिन नहुने बताए ।

उनले कृषि उत्पादन बढाउन सके मात्र रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र हुने भन्दै युवा पलायन रोकेर स्वदेशमै कमाउने वातावरण बनाउनेतर्फ सबैको ध्यान जानुपर्ने बताए ।

कांग्रेस केन्द्रीय सदस्य चन्द्रकान्त भण्डारीले पार्टी बनाउन युवाको साथ लिनुपर्ने बताए । उनले गुटबन्दीका कारण संगठन वा देश नबन्ने औँल्याए । गुटको पछिभन्दा पनि संगठन वा देशका निम्ति काम गर्न उनले नेतृत्वलाई आग्रह गरे । रासस

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  २२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro