site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
झापा–पोखरा थन्डर्स र धनगढी–ललितपुर सिटीले अंक बाँडे

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा शनिबारका दुवै खेल बराबरीमा सकिएका छन् ।

शनिबारको पहिलो खेलमा झापा एफसी र पोखरा थन्डर्सले १–१ को बराबरी खेल्दै अंक बाँडे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पोखराले १९औँ मिनेटमा मोसेस त्वमको गोलबाट अग्रता बनाएको थियो । तर, इन्ज्युरी समयमा समन्दर ओकिलोभको गोलमा झापा एफसी खेलमा फर्किएको थियो ।

Dabur Nepal
NIC Asia

यस्तै, दिनको दोस्रो खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसीले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

यही मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ । काठमाडौं रेजर्स, धनगढी एफसी, बुटवल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्स प्रतियोगितामा सहभागी छन् ।

प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । एनएसएलको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो ।

आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले प्रतियोगिताका निम्ति साधारण प्यारापिटतर्फ २०० र विशिष्टतर्फ ५०० रुपैयाँ प्रतिटिकट मूल्य तोकेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  २०:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro