
एउटा सानो समितिको बैठक डाक्ने विषयमा योजना बनाउने काम भइरहेको थियो । एक सज्जन – जो समितिका सदस्य पनि थिए, उनी काम केही गर्दैन थिए । बस्, गडबडी गरेर त्यसमाथि पनि वाहवाही चाहन्थे । आफ्नो प्रशंसा खोज्थे । उनी अति लामो भाषण गर्थे ।
उनी समितिको बैठकमा नआऊन्, यस्तो केही व्यक्तिहरू सोचिरहेका थिए र चाहन्थे पनि । तर, उनी थिए कि नबोलाए पनि आइपुग्थे । फेरि, यहाँ त उनका लागि निम्तोपत्र जान्थ्यो नै । किनभने, उनी सदस्य थिए समितिका ।
एकजनाले बोले, ‘एउटा आइडिया छ, साँप पनि मर्ने र लौरो पनि नभाँचिने । समितिको बैठकको सूचना पठाउँदा तल लेख्ने काम गरौँ कि बैठकमा बाढीपीडितका लागि सहयोग राशि पनि संकलन गरिनेछ । उनी यति उच्चकोटीका कन्जुस छन् कि चन्दालगायत विषयको आशंका मात्रै भए पनि त्यहाँ जाँदैनन् ।’
(हिन्दी समयबाट भावानुवाद)