site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
अनुमति नै नलिएर बिक्री गरेको घोषणापछि प्राधिकरणले लेख्यो एनसेललाई पत्र

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर किनबेच भएको विषयमा ध्यानाकर्षण भएको बताएको छ ।

एनसेलको ८० प्रतिशत सेयरसहितको स्वामित्व भएको मलेसियन कम्पनी आजियाटा ग्रुप बर्हाडले उक्त सेयर स्वामित्व बेचेको भन्दै विज्ञप्ति जारी गरेको छ ।

त्यसपछि प्रकाशित समाचारहरूप्रति ध्यानाकर्षण भएको प्राधिकरणले बताएको हो ।

"त्यस कम्पनीको सेयर बिक्री तथा हक हस्तान्तरण गर्न लागिएको भनी विज्ञप्ति प्रकाशित भएको देखिएको र यस विषयलाई लिएर विभिन्न सञ्चार माध्यमहरूमा समाचार समेत प्रकाशित भइरहेको विषयमा प्राधिकरणको ध्यानाकर्षण भएको छ," प्राधिकरणले भनेको छ ।

दूरसञ्चार नियमावली, २०५४ को नियम १५ ९ट० बमोजिम चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ । 

प्राधिकरणले आजियाटालाई सोही अनुसार गर्न भन्दै पत्राचार गरेको हो । पत्रमा प्राधिकरणले कम्पनी रजिस्टारको कार्यालयलाई समेत बोधार्थ उल्लेख गरेको छ ।

प्राधिकरणका एक अधिकारीले अहिलेसम्म कुनै पनि कम्पनी सेयर खरिद बिक्री गर्ने अनुमति लिन नआएको बताएका छन् ।

आजियाटाले स्विडिस दूरसञ्चार कम्पनी टेलिया सोनेराबाट सन् २०१६ मा एक अर्ब ३६ करोड अमेरिकी डलरमा एनसेलको ८० प्रतिशत सेयर किनेको थियो । अहिले सोही सेयर पाँच करोड अमेरिकी डलरमा बिक्री गरेपछि कर छल्ने प्रपञ्च भएको भन्दै टीकाटिप्पणी हुन थालेको छ ।

एनसेलको ८० प्रतिशत सेयर सतिशलाल आचार्यको बेलायतमा रहेको एक कम्पनीले खरिद गरेको हो ।  आचार्य सिंगापुरमा बस्ने नेपाली व्यवसायी हुन् । यसअघि उनको स्वामित्त्वमा एनसेलको २० प्रतिशत सेयर रहेको थियो ।

आजियाबाट एनसेलको सेयर आचार्यको नेतृत्वमा बेलायतमा रहेको कम्पनी स्पेक्ट्रलाइट युकेले खरिद गरेको बताइएको छ । उक्त कम्पनी आचार्य र डेन्टन्स सेक्रेटरिज लिमिटेडको संयुक्त स्वामित्त्वमा छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  २०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro