site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निगमका कार्यकारी अध्यक्षलाई प्राधिकरणको स्पष्टीकरण : किन नहटाउने ?
SkywellSkywell

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सात दिने स्पष्टीकरण सोधेको छ । 

शुक्रबार प्राधिकरणले पत्र काटेर अधिकारीलाई ‘अकाउन्टेबल म्यानेजर’बाट किन हटाउन नहुने भनेर स्पष्टीकरण सोधेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । 

“प्राधिकरणले गरेको विभिन्न अडिटका क्रममा उठाएका विषयवस्तु र दिएको निर्देशन पालना नगरेको र अन्य निकायले अडिटमा उठाएको विषयमा पनि निगमले सुधारको काम नगरेपछि अकाउन्टेबल म्यानेजरबाट किन नहटाउने भनेर सात दिने स्पष्टीकरण सोधेका छौँ” प्रवक्ता निरौलाले भने । 

Dabur Nepal
NIC Asia

यस्तै, प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धाबाट छनोट गर्ने निर्णय गरेको छ । प्राधिकरणले विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मा खुला प्रतिस्पर्धामार्फत लगाउने भएको छ । 

“नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०७८ को नियम पाँच (२) बमोजिम त्रिभुवन अत्र्राष्ट्रिय विमानस्थलमा भुमिस्थ प्रबन्ध सेवा (ग्राउन्ड ह्यान्डलिङ सर्भिस) प्रतिस्पर्धाको माध्यमबाट छनौट भएको संस्थामार्फ गराउने निर्णय भएको छ,” प्राधिकरण एक सूचनामार्फ उल्लेख गरेको छ ।

हालसम्म निमगले कुनैपनि प्रतिस्पर्धा बिना ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदै आएको थियो । जसले गर्दा ग्राउन्ड ह्यान्डलिङ सेवामा निगमको एकलौटी थियो । 

निगमको ध्यान जहाज उडाउनेभन्दा पनि ग्राउन्ड ह्यान्डलिङ भएको प्राधिकरणको बुझाइ छ । सोहीकारण विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट छनौट गर्ने निणय गरेको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । 

“निगमलाई ग्राउन्ड ह्यान्डलिङ दिँदा निगमको ध्यान जहाज उडानभन्दा पनि ग्राउन्ड ह्यान्डलिङमा भयो । ईयूको रिपोर्टले पनि त्यही देखाएको छ,” भुलले भने “त्यसले गर्दा विमानस्थल सेवा प्रतिस्पर्धाबाट जिम्मा लगाउने निर्णय गरिएको हो ।”

निगमले स्थापनाकालदेखि नै विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा बिनाप्रतिस्पर्धा नेपाल वायुसेवा निगमले उपलब्ध गराउँदै आइरहेको छ । निगमले ग्राउन्ड ह्यान्डलिङ सेवामार्फत वार्षिक करिब पाँच अर्ब रुपैयाँ आम्दानी गर्दै आएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu