site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकार हल्लिरहेको छ, आफैँ ढल्नसक्छ : ओली 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार ढल्न समय नलाग्ने दाबी गरेका छन् । संकल्प यात्राका क्रममा डडेलधुराको अमरगढीमा शुक्रबार आयोजित सभामा ओलीले सरकार हल्लिरहेको बताए । 

“हामीले अहिले मिसन ०८४ भनेका छौँ । यदि बीचमा यो सरकार...म किन भनिरहेको छु भने यो सरकार कसैले ढाल्नुपर्दैन । सरकार हल्लिरहेको छ । चर्‍याक मर्‍याक, चर्‍याक मर्‍याक भइरहेको छ । तर, हामी पश्चिमबाट पूर्वसम्मको तीन हप्ताको अभियानमा लागेका छौँ,” ओलीले भने । 

Dabur Nepal
NIC Asia

उनले सरकार कुनै समय आफैँ ढल्न सक्ने बताए । 

“यो सरकार आफैँ ढल्न सक्छ कुनै समय । यो कुनै खुट्टा भएको सरकार नै होइन । गठबन्धनको छेस्काहरूले अड्याएको हो,” ओलीले जिकिर गरे । 

सरकारसँग कुनै सिद्धान्त, कार्यक्रम नरहेको ओलीको भनाइ छ । कांग्रेस प्रचण्डपथको भरिया बनेको आरोप ओलीले लगाए ।

“यसको कुनै सिद्धान्त, नीति, योजना छैन । कुनै कार्यक्रम छैन । मोटामोटीमा भन्ने हो भने यो सरकार माओवादीको नीतिमा प्रचण्डपथमा हिँड्न खोजिरहेको छ । सकेको छैन । नेपाली कांग्रेस प्रचण्डपथको भरिया बनेर हिँडिराखेको छ,” उनले भने । 

कांग्रेसका मान्छेलाई मुद्दा लागेर थुनिएको भन्दै अदालतले दोषी हो कि होइन भन्ने फैसला गर्ने उनको भनाइ छ । 

“आफ्नै मान्छेलाई मुद्दा लागेको छ । थुन्दिएको छ । हो होइन अदालतले भन्ला,” उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro